इनरह्वील मिडटाउनको सहयोग

आदर्श समाज सम्वाददाता
पौष १९, २०७५
innerwhile news photo

पोखरा, १८ पुस । इनरह्वील क्लब अफ पोखरा मिडटाउनले तनहुँको म्याग्दे गाउँपालिका–गुञ्जरा गाउँका २३ घरधुरी रहेको पिछडिएका दलित तथा जनजाति समुदायमा खानेपानी ट्याङ्की सहयोग गरेको छ ।

कार्यक्रममा इनरह्वील डिष्ट्रिक ३५० नेपालका सचिव सरसिज पालिखे, डिस्ट्रिक प्रमुख विद्या गुरुङ, चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक रामचन्द्र पौडेल र म्याग्दे गाउँपालिका वडा २ का वडाध्यक्ष चन्द्रबहादुर रानाभाटको उपस्थिति थियो ।

क्लबकी अध्यक्ष सावित्री नेपालीले अध्यक्षता तथा धन्यवाद ज्ञापन गरेको कार्यक्रममा उक्त गाउँका कृषक समूहद्धारा स्वागत, क्लबकी संस्थापक अध्यक्ष विद्या गुरुङले क्लब तथा कार्यक्रममाथि प्रकाश र क्लबकी सचिव सावित्री थापा मोक्तानले संचालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width