लमजुङ, १२ पुस । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदको विकासबिना मुलुकको आर्थिक विकास र समृद्धि असम्भव भएको दाबी गरेका छन् ।
वेशीशहरमा आयोजित २७ औं त्रिवेणी कप फुटबल प्रतियोगिता विहीवार उदघाटन गर्दै मन्त्री विश्वकर्माले परम्परागत सोचमा खेलकुदले प्राथमिकता नपाएकोमा अबका दिनमा भने त्यस्तो नहुने बताए ।
उनले सबै स्थानीय तहमा एक खेलकुद मैदान निर्माण गर्ने, त्यसका लागि पहाडीमा २५ रोपनी जग्गा र तराईमा दुई विघा जमिन प्रबन्ध गर्न स्थानीय सरकारलाई अनुरोध गरिएको मन्त्री विकले बताए। उनले भने, ‘त्यस्तो खेल मैदान निर्माणका लागि स्थानीय सरकारले ३० र संघीय सरकार ७० प्रतिशत बजेट लगानी गर्न तयार छ।’
वेशीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले लमजुङमा राष्ट्रियस्तरको प्रशिक्षण केन्द्रको स्थापना गर्न सके खेलको विकास र खेलाडीहरूले खेल्न सक्ने उपयुक्त वातावरणको सिर्जना हुने बताए।
कार्यक्रममा नेकपाका कृष्णप्रसाद अधिकारी, नेपाली काँग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेल, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा र अखिल नेपाल फुटबल संघका केन्द्रीय उपमहासचिव विश्व पौडेल लगायतले कपको सफलताको कामना गरेका थिए। त्रिवेणी कपमा पहिलो हुने समूहलाई नगद ३ लाख त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र तथा उपविजेतालाई नगद १ लाख ५० हजार सहित रजत पदक प्रदान गरिने र सेमीफाइनलमा पुग्ने टिमलाई नगद ५०/५० हजार दिइने क्लबका सचिव प्रवीण वाग्लेले बताए।
Related News
सम्बन्धित समाचार
भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
स्पोर्टस् अवार्डलाई भूपू खेलाडीको सहयोग
पोखरा स्पोर्टस् अवार्डलाई तमु धिं युकेको एक लाख
छैटौं पोखरा स्पोर्टस् अवार्डको नोमिनेसन सार्वजनिक
स्पोर्टस् अवार्डलाई सहाराको सहयोग
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९