पोखरा, ५ पुस। विष्णुपादुका क्लब हेमजाको आयोजनामा पुस ७ देखि १४ सम्म दोस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।
विष्णुपादुका फुटबल एकेडेमी सहयोगार्थमा हुने प्रतियोगिता सफल पार्न गठिन मूल आयोजक समिति र विभिन्न उपसमितिले तोकिएको जिम्मेवारी अन्तिम चरणमा पुर्याएको क्लब अध्यक्ष कृष्ण खड्काले जानकारी दिए।
‘विष्णु पादुका क्लबले गरेका हरेक गतिविधिमा यहाँहरुको सहयोग र साथ रहेको छ’, खड्काले भने, ‘यो प्रतियोगिता सफलबनाउन पनि सबैको साथको अपेक्षा गरेका छौं।’
विष्णुपादुका खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्नेछन् । विजेतालाई १ लाख ११ हजार १ सय ११ र उपविजेतालाई ५५ हजार ५ सय ५५ साथमा, शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र दिइनेछ ।
त्यसैगरी अनुशासित टिमलाई १० हजार, सवोर्कृष्ट खेलाडीलाई ५ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट फरवार्डलाई जनही ३ हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ। सेमिफाइनलमा पुग्ने टिमलाई १० हजार रुपैयाँ पुरस्कार छ।
क्लब सल्लाहकार जगतबहादुर थापाको संयोजकत्वमा मूलआयोजक समिति गठन गरिएको छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि करिव ९ लाख २१ हजार रुपैयाँ खर्च लाग्ने अनुमान क्लबले गरेको अर्थ संकलन उपसमिति संयोजक राजेन्द्र थापाले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१