१७ औं ल्होसार मेला शुरु

आदर्श समाज सम्वाददाता
पौष ६, २०७५
century

पोखरा, ५ पुस। तमु ल्होछार अवसरमा सेञ्चुरी युवा क्लब, छोम्रोङद्वारा आयोजित १७ औं तमु ल्होछार मेला शुरु भएको छ।

मेला उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद राजीव पहारीले छाम्रोङ र अन्नपूर्ण आधार शिविरको विकास गरी यस क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न विशेष पहल गरिने बताए। उनले सडक विस्तारले पदयात्रा मार्ग छोटिदैं गएको र जलवायु परिवर्तनको असरले हिमालहरु काला पत्थरमा परिणत भएकोप्रति चिन्ता व्यक्त गरे । साथै उनले त्यसको न्यूनीकरण र वैकल्पिक पदयात्रा मार्गका लागि गुरुयोजना बनाएर अघि बढ्नुपर्ने धारण राखे।

अन्नपूर्ण गाउँपालिका वडा ११ का अध्यक्ष हिमबहादुर गुरुङले पर्यटन पूर्वाधार विकासका लागि सराकोरवाला निकायको ध्यानाकर्षण गर्दै आएको बताए।

कार्यक्रममा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ, स्थानीय धावक अमृत गुरुङ, सनिस गुरुङ लगायतका व्यक्तिहरुलाई सम्मान गरिएको थियो।

क्लब अध्यक्ष मिकास गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अन्नपूर्ण सेञ्चुरी पर्यटन समिति अध्यक्ष ललित गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय घान्द्रुकका श्याम गुरुङ, मेला संयोजक राजकुमार गुरुङ, छोम्रोङ पर्यटन व्यवस्थापन समिति अध्यक्ष बुद्धिमान गुरुङ, स्थानिय समाजसेवी नजरमान गुरुङ, क्लब सचिव दिलीप गुरुङ लगायतले मेलाका विविध पक्षबारे चर्चा गरेका थिए।

पुस १० सम्म चल्ने मेलामा पुरुष भलिबलतर्फ १७, पुरुष बास्केटबलतर्फ ११, महिला भलिबल ७ समूहले प्रतिस्पर्धा गर्ने छन्। त्यस्तै पौढ भलिबल, रस्सि तान्ने, ठेलो हान्ने जस्ता विभिन्न खेलकुद साथै सांस्कृतिक कार्यक्रम समावेश गरिएको मेला संयोजक राजकुमार गुरुङले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • स्थानीयका कर्मचारी पनि आन्दोलित

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । आफूहरूको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका…
  • संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    पोखरा । संविधानको मर्म र भावनाअनुरुप जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न संघीयताको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ…
  • कानुन कार्यान्वयनका लागि हो

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    विश्वले राम्रो भनेको संविधान हामीले नराम्रो कसरी भन्ने ? त्यति ठुलो युद्ध र आन्दोलनबाट निर्माण भएको संविधान जति खारिनुपर्ने हो,…
  • हाम्रो यात्रा विब्प्याँटो छ

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    मेरो दृष्टिकोणमा जुन संविधानलाई स्वीकार गरेर यहाँ आइपुग्यौं, अब रोकिएर सबैभन्दा पहिले नमिलेका कुरा मिलाउनुपर्छ । हामी विब्प्याँटो बाटोमा हिँडेका…
  • नियम बन्यो, नियत फेरिएन

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    संविधान एक पटक निर्माण गरेपछि सधैंका लागि तृप्त हुने कुरा होइन । आवश्यकता र परिवेश अनुसार संशोधन हुनुपर्ने हो ।…

hero news full width