हेमजा, ५ पुस।कास्की जिल्ला बुद्घचिाल संघको आयोजनामा १० औं कास्की खुल्ला बुद्घचिाल प्रतियोगिता हेमजामा विहीवार शुरु भएको छ।
प्रमुख अतिथि पोखरा २५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले हेमजामा प्रतियोगिता गरेकोमा संघप्रति आभार प्रकट गर्दै बौद्घकिताको विकासका लागि बुद्घचिाल खेल महत्वपूर्ण हुने बताए।उनले खेलकुद क्षेत्रमा विगतको तुलनामा अहिले हेमजा अगाडि बढिरहेको चर्चा गरे।
संघका केन्द्रीय सदस्य बाबुराम पन्तले खेल क्षेत्रमा बुद्घचिालको आफ्नै महत्व रहेको औँल्याउँदै सहभागीलाई अधिकतम् बौद्घकि कसरत गर्न आग्रह गरे।
कार्यक्रममा माइन्ड फ्रेस चेस क्लब अध्यक्ष युवराज भण्डारी, आयोजक क्लब अध्यक्ष कर्ण्र्ाागुरुङ लगायतले धारणा राखेका थिए।
यसैबीच चेस खेलको विकासमा सहयोग गरेकोमा संघले संघका द्वितीय उपाध्यक्ष शुक्रकुमार प्रधानलाई सम्मान गरेको छ।
तीन दिनसम्म ६ राउन्डमा सम्पन्न हुने उक्त प्रगियोगितामा ३२ खेलाडी सहभागी छन्।
प्रथमले १२ हजार, द्वितीयले ९ हजार, तृतीयले ६ हजार, चौथोले ३ हजार, पाँचौले २ हजार तथा छैठौदेखि १० औं स्थानसम्म प्राप्त गर्नेले जनही एक हजार साथमा मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने छन् ।
संघका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कार्यक्रम संयोजक महादेव पहारीले स्वागत र सदस्य नविन शाहीले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
हिसान कास्की स्पोर्टस् मिट : व्याडमिन्टनका स्पर्धा सम्पन्न
पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो
युनिप्स खेल महोत्सव आज समापन
हिसान स्पोर्टस् मिट जारी
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०