पोखरा, २ पुस। तेस्रो काहूँ धरहरा महोत्सव आफन्त भेटघाटस्थल बनेको छ। चिसो मौसमको बाबजुद पनि विभिन्न ठाउँबाट दर्शक महोत्सवस्थल पुग्ने गरेका छन्। उनीहरु आपसमा भेटघाट गर्दै महोत्सवमा रमाउने गरेका छन्। काहूँडाँडामा रहेको काहूँ धरहराबाट पोखरा लगायत आसपासको सुन्दर दृश्य तथा मनोरम हिमाल देख्न सकिने हुँदा पनि दर्शक महोत्सव आउने गरेको प्रचारप्रसार संयोजक दामोदर आचार्यले बताए। जारी महोत्सवको चौथो दिन सोमबार चर्चित हास्यकलाकार जितु नेपालले दर्शकलाई मनोरञ्जन प्रदान गरे। यस्तै सालैजो भाखाका गायक राजु गुरुङले दर्शक नचाए भने स्थानीय कलाकारले पप कर्न्र्सट प्रस्तुत गरेका थिए।
लोकदोहोरीगायक जीवन दाहाल, सरला पाण्डे, सीता केसी, केशव देवकोटा, रामजी पौडेल, लक्ष्मी नेपाली, श्रीराम अधिकारी र सरस्वती परियारले आफ्नो प्रस्तुति राखेका थिए।
मंगलबार युवापुस्ताकी चर्चित गायिका ज्योति मगरले दर्शकलाई प्रशस्त मनोरञ्जन दिने भएकी छन्। अन्य कलाकारमा प्रजापति पराजुली, कुमार पुन, जीवन दाहाल, विष्णुहरि ढुंगाना, सरला पाण्डे, अमर धिताल, कमल गैह्रे, सीता थापा, श्रीराम अधिकारीको प्रस्तुति रहनेछ।
महोत्सवको थप आकर्षणमा जादुगर बलराम सरकारको जादु हेर्न पाइनेछ भने रत्यौली गीत प्रतियोगिताअन्तर्गत देउराली आमा समूह र कमरेपानी आमा समूह काहूँबीच प्रतिष्पर्धा हुनेछ। दोहोरीगीत प्रतियोगिता राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, हेमजा र सुमन केसी समूहबीच हुने सांस्कृतिक कार्यक्रम संयोजक रामकृष्ण बास्तोला गोर्खालीले जानकारी दिए।
पोखरा-११, काहुँडाँडामा जारी महोत्सव पुस ८ गतेसम्म चल्नेछ। महोत्सवस्थल पुग्न पोखरा रानीपौवास्थित दूरसञ्चार कार्यालय अगाडिबाट प्रत्येक आधा घण्टामा बस जाने व्यवस्था मिलाइएको यातायात व्यवस्था समिति संयोजक सु.इन्द्रबहादुर गुरुङले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
पर्वतीय संग्रहालयमा फोटो प्रदर्शन
सरकारको आलोचनामात्र गर्नु गलत : मन्त्री सिंखडा
अनुगमनमा ३ पसललाई कारबाही
भूपू सैनिक सहकारीको सभा
लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
असाेज ११, २०८०मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
असाेज ११, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०