पोखरा, २५ मङ्सिर। पोखराको माउण्ट अन्नपूर्ण मावि नदिपुरमा सप्ताहव्यापी खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ११ र १२ बिहानी तथा दिवा शत्रका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको अन्तरकक्षात्मक प्रतियोगितामा बास्केटवल, भलिवल र टेवलटेनिस प्रतियोगिताको आयोजना गरिएको थियो ।
वास्केटवलतर्फ छात्र(१२, छात्रा-५, भलिबलतर्फ छात्र-१२, छात्रा-४, टेवलटेनिसतर्फ छात्र-५८, छात्रा-९ टिमहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा छात्र बास्केटबलतर्फ १२ ‘क’ दिवासत्र टिम प्रथम, छात्रा बास्केटबलतर्फ १२ (क, ख, ग) दिवासत्र टिम प्रथम, छात्र भलिबलतर्फ ११ (क, ख) विहानिसत्र टीम प्रथम, छात्रा भलिबलतर्फ ११, १२ ‘ख’ दिवासत्र टिम प्रथम, टेबलटेनिसतर्फ प्रथम, द्वितिय, तृतिय र सान्त्वना क्रमश छात्र तर्फ धर्मान सोमै, किरण गुरुङ, जोनिस पूर्जा, मदन श्रेष्ठ भएका थिए भने छात्रा तर्फ क्रमश प्रियङ्का गुरुङ, बन्दना गुरुङ, सुमिना गुरुङ, एनिदा जोशी भएका थिए ।
वडा नं. २ का अध्यक्ष रामेश्वर मल्लले बिजेता टिम तथा खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । उनले सो अबसरमा समुदायलाई अनुशासित र सम्वृद्ध बनाउनका लागि खेलकुद गतिविधिहरू अपरिहार्य रहेको वताए ।
त्यसैगरी, विद्यालयका एकेडेमिक एड्भाइजर अशोककुमार शाहीले कुनैपनि ब्यक्ति सक्षम हुन खेलकुदलाई आत्मसाथ गर्नुपर्ने धारणा राखे । कसमस समूहका अध्यक्ष तेजबहादुर गुरुङले विद्यालयहरूको सामाजिक उत्तरदायित्व अन्तरगत वडा कार्यालयहरू, छिमेकीहरू र विद्यालयको भौतिक पूर्वाधारको परिचालन गरी विविध कार्यक्रमहरू आयोजना गर्न सकेमा समुदाय लाभान्वित हुन सक्ने बताए ।
उक्त कार्यक्रम दिवा सत्रका खेलकुद क्लबका अध्यक्ष कक्षा १२ मा अध्ययनरत युवराज गुरुङको अध्यक्षतामा भएको थियो भने खेलकुद क्लब बिहानी सत्रका कक्षा १२ का अध्यक्ष क्रिष्टन गुरुङले धन्यवाद व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
स्पोर्टस् अवार्डलाई भूपू खेलाडीको सहयोग
पोखरा स्पोर्टस् अवार्डलाई तमु धिं युकेको एक लाख
छैटौं पोखरा स्पोर्टस् अवार्डको नोमिनेसन सार्वजनिक
स्पोर्टस् अवार्डलाई सहाराको सहयोग
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९