पोखरा, २२ मंसिर । नेपाली काँग्रेसका नेता रामशरण महतले प्रधानमन्त्री केपी शर्माले झुठको राजनीति गरेको आरोप लगाएका छन् । पार्टीका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्रीसमेत रहेका नेता महतले आमनागरिकलाई असम्भव कुराको सपना बेच्दै ओलीलाई झुठको राजनीतिक खेती नगर्न आग्रह समेत गरे ।
अनुसन्धान अभिलेख तथा प्रकाशन समिति, नेपाली काँग्रेस कास्की क्षेत्र ३ द्वारा पोखरामा शनिवार आयोजित ‘नेपाली काँग्रेसप्रतिको जनविश्वास’ एक समीक्षाविषयक कार्यशालामा नेता महतले भने, ‘कम्युनिष्ट सरकारले असम्भव र कच्चा कुराको प्रचार गरी झुटको खेती गरेको छ ।’
‘कम्युनिष्टहरुले जस्तो हावादारी सपना बाँड्न काँग्रेसले सक्दैन । आफूले गरेको कामको प्रचार गर्न पनि काँग्रेस आफैले जान्दैन । प्रधानमन्त्री केपी शर्मा देशको बजेट कति छ ? अड्कलै नगरी रेल संचालन गर्ने र पानीजहाजका सपना बाँड्छन् । एक किलोमिटर रेल संचालन गर्ने बाटो निर्माण गर्न तीन खर्बभन्दा बढी लाग्छ । कसरी नेपालमा थुप्रै किलोमिटर रेलमार्ग बनाउन सकिन्छ,’ प्रश्न गर्दै नेता महतले भने, ‘निर्माणका लागि वर्षौ लाग्ने कुरा तत्कालै सम्भव छ भनेर जनतालाई झुठा सपना बाँड्न हुदैन ।’
काँग्रेस सरकारले विदेशी ऋण घटाएको डा महतको दाबी थियो । ‘विसं २०४८ सालमा ३४ प्रतिशतको विदेशी ऋण घटाएर १६ प्रतिशतमा झारेको छ,’ नेता महतले भने, ‘केही दिनयता प्रधानमन्त्री केपीको पनि बुद्धि पलाएछ । विदेशी ऋण लिनु हुँदैन भन्ने भाषण गर्न थालेका छन् । कम्युनिष्टहरु एकदलीय व्यवस्थामा विश्वास राख्ने पार्टीभएकाले उनीहरुको विश्वास गरिहाल्न हुँदैन । उनीहरु तानाशाह बन्दैछन् । उनीहरुले जनताको हितभन्दा पनि आफ्नै स्वार्थमा काम गरिरहेका छन् ।’
उनले नेपालको संविधान समाजवादी लक्ष्यका साथ अगाडि बढेको उल्लेख गरे । ‘त्यो काँगेसकै देन हो,’ उनले भने, ‘कम्युनिष्टहरु पनि त्यसैलाई मानेर आएका छन् । तर हामीले आफ्नो समाजवादी नीतिलाई प्रचार गर्न सकेनौं । जसका कारण चुनावमा हार खानु पर्यो । कम्युनिष्टहरुले संविधानअनुसार चलून् भन्ने नै काँग्रेसको चाहना हो । काँग्रेसले लिएको समाजवादी नीति सफल पार्नुपर्छ । तर, उनीहरुले वर्गीय समाजवादलाई नै महत्व दिने गरेका छन् ।’
काँग्रेसकै उदारवादी अर्थ नीतिकै कारण २०४८ सालमा १२ अर्बबाट शुरु वाषिर्क बजेट अहिले नौ सय अर्ब पुगेको डा महतको कथन थियो । महतले राजनीतिक स्वतन्त्रतासँगै आर्थिक स्वतन्त्रता पनि सँगै अगाडि बढाउनुपर्नेमा जोड दिए ।
‘उत्पादन र आय बढाउन वीपीले जुन नीति अगाडि सारे, त्यो समाजवादको वाटो हो,’ महतले भने, ‘काँग्रेसले त्यही बाटो अपनाउनु पर्छ । उद्योगलाई निजीकरण गर्न सक्नुपर्छ । यहाँका संस्थान तथा सरकारी उद्योगलाई निजीकरण गर्न आवश्यक छ । सरकारले त पूर्वाधारको विकास गर्ने हो । उद्योग संचालन गर्ने हैन । उत्पादकत्व र आय वृद्धि गर्न निजीकरणलाई पोत्साहन गर्नैपर्छ ।’
नेता महतले हिन्दूराज्य संरक्षण गर्न जरुरी रहेको औंल्याए । शान्तिप्रक्रियामा माओवादीलाई ल्याउनेक्रममा धर्मनिरपेक्षतामा हस्ताक्षर गरेकाले तुरुन्त काँग्रेसले हिन्दु राष्ट्रको मुद्दा अगाडि सार्न नसक्ने बताए । ‘त्यो नैतिकताले पनि दिँदैन,’ उनले भने, ‘हिन्दूत्वलाई संरक्षण गरिराख्नु पर्छ ।’
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल, धनराज गुरुङ, प्राडा रामचन्द्र पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाली काँग्रेस केन्द्रीय सदस्य जीवन परियार, कास्कीका पार्टीनेता खेमराज पौडेल र सहायक प्राध्यापक दीपेन्द्र पराजुलीले प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।
कार्यक्रममा काँग्रेस कास्कीका सभापति कृष्ण केसी र नेता शुक्रराज शर्मा लगायतले बोलेका थिए । समिति अध्यक्ष प्राडा रामचन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सभापति विजयराज आचार्यले कार्यक्रममाथि प्रकाश पारेका थिए । कार्यक्रममा उपसभापति राजेन्द्रनिधि कोइरालाले स्वागत र सचिव विश्वेश्वरप्रसाद पराजुलीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एकीकृत सरकारी कर्मचारीको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान
गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
मन्त्री चुमानले सम्हाले अर्थ मन्त्रालयको कार्यभार, लगानी सम्मेलन प्राथमिकतामा
चुमानलाई पहिलोपटक ढुकुटीको साँचो, मनाङे फेरि भौतिकमा
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१