पोखरा, १७ मंसिर। कास्की जिल्ला बास्केटबल संघद्वारा आयोजित १६ औं कर्ण्र्ााल जेपी क्रस अन्तरविद्यालय छात्र/छात्राको बास्केटबल उपाधि टप्स माविले जितेको छ। यसअघि पनि टप्सले सो उपाधि जितेको थियो ।
सोमवार सम्पन्न छात्रतर्फ फाइनलमा टप्सले चिरपरिचित प्रतिद्वन्द्वी माउन्ट अन्नपूर्ण माविलाई ८५-४१ को स्कोरले पराजित गर्दै उपाधि जितेको हो।
यता छात्रातर्फ फाइनलमा टप्सले माउन्ट अन्नपूर्ण माविलाई ४५-१३ को स्कोरले पराजित गर्दै उपाधि उचालको हो।
उपाधि विजेता टप्सले १० हजार र उपविजेता माउन्ट अन्नपूर्णले ६ हजार प्राप्त गरेको छ। छात्रतर्फ हिल पोइन्ट तेश्रो भयो भने लिटिल स्टेप छात्रातर्फ तेश्रो हुँदै ४-४ हजार प्राप्त गरेको संघका अध्यक्ष ध्वजकुमार गुरुङले जनाए।
विजेतालाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, शिक्षाप्रेमी एवम समाजसेवी कर्णेल जेपी क्रस, कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष यामबहादुर गुरुङ, पोखरेली मञ्च युके अध्यक्ष मानप्रसाद गुरुङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुमप्रसाद गुरुङ, पोखरा महानगरका वरिष्ठ कानून अधिकृत नारायणप्रसाद शर्मा लगायतले पुरस्कार वितरण गरे ।
Related News
सम्बन्धित समाचार
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
रेवान कप टेनिस सुरु
नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित
अन्नपूर्ण १० लाई अध्यक्ष कप
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९