सामाजिक सुरक्षा योजना

नयाँ यात्राको शुरुवात : मन्त्री विष्ट

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७५

काठमाडौँ, ११ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णविष्टले विगतको अनिश्चिता र असुरक्षित अवस्थाको अन्त्य गर्दै सामाजिक सुरक्षाको क्षेत्रमा निश्चित र सुरक्षित यात्रा शुरु भएको बताएका छन् ।

श्रमिकको जीवनमा दीर्घकालीन महत्व राख्ने योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको शुभारम्भ गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सुरक्षाका योजनाको कार्यान्वयनबाट नेपाली समाज र आम जनताको जीवनमा सुखद् परिवर्तन ल्याउने बताए ।

“आजको दिन श्रम गरेर जीवीकोपार्जन गरोजगार प्रदान गर्ने उद्यमी, व्यवसायी दुवैका लागि अन्यन्त महत्वपूर्ण दिन हो,” उनले भने, “यस कदमबाट आगामी दिनमा श्रमजीवीको जीवनमा देखिएको अनिश्चित र असुरक्षित अवस्थाको अन्त्य हुनेछ । उनीहरु आफ्नो भविश्यप्रति निश्चिन्त भई मर्यादित श्रम गर्न र सम्मानजनक जीवनयापन गर्न पाउनेछन् ।”

मन्त्री विष्टले रोजगारदाताले आफ्नो औद्योगिक प्रतिष्ठानमा असल श्रम सम्बन्ध कायम राखी ढुक्कसँग लगानी र व्यवसाय गर्ने वातावरण प्राप्त हुने विश्वास व्यक्त गरे ।

यसैबीच, योगदानमा आधारित सामाजिक सुरक्षा योजना नीतिलाई निजी क्षेत्रले स्वागत गरेको छ ।

श्रमिकको भविष्य र उद्योगको लगानीको सुनिश्चित हुने भएपछि निजी क्षेत्रले योजनाको स्वागत गर्दै नेपालले श्रम क्षेत्रमा नयाँ युग प्रवेश गरेको बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलेे योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ २०७५ स्वीकृत गर्दै मंगलबारदेखि लागू गरेको हो ।  योजनाअन्तर्गत अब श्रमिकले आजीवन निवृत्तिभरण पाउनेछन् र उद्योग व्यवसायमा पनि लगानी सुरक्षित भई गुणात्मक उत्पादन बढाउन सहयोग पुर्‍याउनेछ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले योजना लागू भएपछि नेपाल श्रम क्षेत्रमा नयाँ युगमा प्रवेश गरेको बताइन् ।

सरकारले नेपालको संविधानको धारा, ४३ मा मौलिक हकअन्तर्गत रहेको सामाजिक सुरक्षा हकलाई कार्यान्वयन गर्नका लागिसमेत सामजिक सुरक्षा योजना ल्याएको हो ।

निवृत्तिभरण योजनाअन्तर्गत योगदानकर्ताले अवकाश उमेर पूरा भएपछि निजले कोषमा जम्मा गरेको योगदान रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कूल योगलाई १ सय ८० महिना अर्थात् १५ वर्ष ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पाउनेछन् । निवृत्तिभरण प्राप्त गर्न योगदानकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । योजनाअनुसार सामाजिक सुरक्षा कोषमा रकम जम्मा हुनेछ सोही रहमबाट श्रमिकले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रति परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्नेछन् ।

Related News

सम्बन्धित समाचार

  • स्थानीयका कर्मचारी पनि आन्दोलित

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । आफूहरूको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका…
  • संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    पोखरा । संविधानको मर्म र भावनाअनुरुप जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न संघीयताको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ…
  • कानुन कार्यान्वयनका लागि हो

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    विश्वले राम्रो भनेको संविधान हामीले नराम्रो कसरी भन्ने ? त्यति ठुलो युद्ध र आन्दोलनबाट निर्माण भएको संविधान जति खारिनुपर्ने हो,…
  • हाम्रो यात्रा विब्प्याँटो छ

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    मेरो दृष्टिकोणमा जुन संविधानलाई स्वीकार गरेर यहाँ आइपुग्यौं, अब रोकिएर सबैभन्दा पहिले नमिलेका कुरा मिलाउनुपर्छ । हामी विब्प्याँटो बाटोमा हिँडेका…
  • नियम बन्यो, नियत फेरिएन

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    संविधान एक पटक निर्माण गरेपछि सधैंका लागि तृप्त हुने कुरा होइन । आवश्यकता र परिवेश अनुसार संशोधन हुनुपर्ने हो ।…

hero news full width