पोखरा, १० मंसिर।’धन हुनेको मन हुँदैन, मन हुनेको धन हुँदैन।’
समाजमा सुन्दै आएको यो उखान धेरैको जीवनसँग मिल्ने गरे तापनि केही त्यसको अपवादमा भेटिन्छन्। केही अपवाद हुने भएकै कारण होला लाखौं ताराका बीचमा पनि धु्रवतारा अरु भन्दा पृथक रहने।
यस्तै पृथकता सोमवार पोखरामा आयोजित एक कार्यक्रमका बीच देखियो। सन्दर्भ थियो एड्स रोग नियन्त्रण संघ कास्कीलाई आर्थिक तथा भौतिक सहयोग हस्तान्तरणको।
कार्यक्रममा जापानमा बसोबास गर्दै आएकी पोखरेली चेली अम्बिका गौचन मुख्य आकर्षणका रूपमा रहेकी थिइन्।
लामो समयदेखि जापानमा बसोबास गर्दै आएकी गौचनले प्रत्येक पटक नेपाल आउँदा संघलाई धेरथोर सहयोग गर्दै आएकी छन्।
कहिले आफ्नै कमाइबाट त कहिले जापानमा बसोबास गर्ने नेपाली दाजुभाइ दिदीबहिनीको सहयोगबाट। यसपटक पनि उनले नेपाल आउँदा त्यही शृङ्खलालाई दोहोर्याइन र सोमवार एक समारोहबीच संघलाई एकथान ल्यापटपसहित एक लाख ६७ हजार बराबरको सहयोग प्रदान गरिन्।
सहयोग हस्तान्तरण गर्दै गौचनले भौतिक रूपमा नेपालमा रहेर केही गर्न नसकेकाले संघको अभियानलाई सहयोग पुगोस् भनेर यथासक्य आर्थिक सहयोग गरेर संघको अभियानमा साथ दिएको बताइन्।
उनले हरेक पटक नेपाल आउँदा संघलाई सहयोग गर्दै आएकोमा यो तेस्रो पटक रहेको र जीवन रहँदासम्म संघलाई आफुले सक्ने सहयोग गर्ने बताइन्। अम्बिकाले उक्त सहयोग आफूबाट मात्र नभइ नेपाली तथा जापानी दिदीबहिनी, दाजुभाइ विना गुरुङ, दीपा थापा, कमला थापा, उपेन्द्र श्रेष्ठ, लक्ष्मी लामा, सविना भट्टचन, प्रदीप तुलाचन, माया गुरुङ, प्रेमा गुरुङ, ममता गुरुङ, बुद्धी गौचन, अम्बिका गौचन, सुनिल गौचन, अमुल गौचन, किकुची तोसिमी, यशोधा गौचन, विजय गौचन, प्रबल गौचनलगायतबाट संकलन गरेर ल्याएको जानकारी गराइन्।
सोही सन्दर्भमा संघले सहयोग लिएर आउने अम्बिका गौचनलाई संघले सम्मानसमेत गरेको छ। उक्त समारोहकै बीच गौचनकी धर्मपत्नी सिद्धी गौचनको स्मृतिमा कृति रचना गर्ने रचनाकार उमाकान्त पोखरेललाई नगद आठ हजारसहित सम्मान गरिएको थियो।
सहयोग ग्रहण गर्दै संघका अध्यक्ष विश्वमोहन गौचन संघका विभिन्न कार्यक्रममा प्राविधिक समस्या पर्दै आएकोमा उक्त सहयोगले राहत मिलेको बताए।
सिद्धी गौचनको सन्दर्भमा भावुक हुँदै उनले भने- ‘मलाई यस क्षेत्रमा लाग्नका लागि प्रेेरणा दिने श्रोत नै उनै हुन्।’
अध्यक्ष गौचनले पोखरेली चेली अम्बिका सबैकी छोरी रहेको बताए। कार्यक्रममा संघका सल्लाहकार जीवन अधिकारी, संघका सदस्य रामभूषण पराजुली, पुरुषोत्तम श्रेष्ठलगायतले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
सरस्वतीमा दन्त शिविर
जीविका सहकारीको सभा
गैराथर सिल्पा सडकको उद्घाटन
केआइइसी वुनलाई फुटबल उपाधि
भारतको चेन्नइमा तीज
hero news full width
मुख्य समाचार
प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार निर्मला शर्मालाई
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
असाेज ४, २०८०प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०