काठमाडौँ, २७ कात्तिक । ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ।
मंगलबार नेपाल र बङ्गलादेशको खेल एक/एक गोलको बराबरीमा सकिएसँगै नेपाल दोस्रो चरणमा पुगेको हो।
समूहको शीर्ष दुर्इ टोली र तेस्रो हुने उत्कृष्ट दुर्इ टोली अर्को चरणमा पुग्ने प्रावधान छ। यसका अनुसार नेपाल समूह विजेता वा उपविजेता नबने पनि उत्कृष्ट दुर्इ घोषित हुँदै दोस्रो चरणमा पुगेको हो।
नेपालले १७औँ मिनेटमा कप्तान निरु थापाको गोलमा अग्रता लिएको हो तर दोस्रो हाफको ‘इन्जुरी’ समयमा नेपालले गोल खाएपछि लगातार तेस्रो खेल बराबरीमा चित्त बुझाउनुपर्यो। इन्ज्युरी समयको तेस्रो मिनेटमा बङ्गलादेशकी अखी खातुनले बराबरी गोल फर्काएकी थिइन्।
सन् २०२० मा हुने टोकियो ओलम्पिक छनौटमा १८ देशको सहभागिता छ। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। भिएतनाम र उज्वेकिस्तान फिफा वरियताका आधारमा दोस्रो चरणका लागि छनौट भइसकेका छन्। हरेक समूहका शीर्ष दुर्इ टोली र अन्य दुर्इ उत्कृष्ट तेस्रो हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्। दोस्रो चरणका खेलहरू आगामी अप्रिलमा हुनेछ।
दुर्इ साता लामो चीनमा प्रशिक्षण गरी नेपाली टोली म्यान्मा प्रस्थान गरेको हो। चीनमा रहँदा नेपाली टोलीले त्यहाँ तीनवटा मैत्रीपूर्ण फुटबल खेल खेलेको थियो। टोलीमा २२ खेलाडी, दुर्इ प्रशिक्षक र दुर्इ अफिसियल छन्। प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली छन्।
Related News
सम्बन्धित समाचार
भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
स्पोर्टस् अवार्डलाई भूपू खेलाडीको सहयोग
पोखरा स्पोर्टस् अवार्डलाई तमु धिं युकेको एक लाख
छैटौं पोखरा स्पोर्टस् अवार्डको नोमिनेसन सार्वजनिक
स्पोर्टस् अवार्डलाई सहाराको सहयोग
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९