काँग्रेस नेता तिवारीको निधन

Avatar आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७५

लमजुङ, २५ कात्तिक। नेपाली कांग्रेस लमजुङका जिल्ला नेता प्रकाशबाबु तिवारीको हृदयघातका कारण निधन भएको छ ।

५४ वषिर्य तिवारीको उपचारका क्रममा जिल्ला अस्पताल बेसीशहरमा निधन भएको हो।

आइतबार बिहान करिब ३ बजेको समयमा घरमा अकस्मात अस्वस्थ भएपछि तिवारीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको थियो ।

अस्पतालमा विहान साँढे ६ बजे तिवारीको निधन भएको काँग्रेस लमजुङका जिल्ला सचिव हरिप्रसाद बरालले जानकारी दिए । बरालका अनुसार तिवारी मुटुको समस्याका कारण पटक पटक बिरामी थिए  ।

यसअघि पनि तिवारीको २ पटकसम्म हृदयघातको उपचार गरिसकेको परिवारस्रोतले बताएको छ । तिवारीको २०७४ सालको साउनमा मुटुको भल्वसमेत फेरिएको थियो।

बेसीसहर नगरपालिका-११ मा स्थायी बसोबास गर्दै आएका नेता तिवारी नेपाली काँग्रेसको जिल्ला कार्यसमितिका सदस्यसमेत रहेका थिए।

पार्टीको कामका अतिरिक्त तिवारी पछिल्लो वर्ष व्यवसायिक गाइपालनमा जुटेका थिए । उनका एक श्रीमती र दुर्इ छोरा छन् ।

दश वर्षे द्वन्द्वकालीन समयमा समेत पार्टीलार्इ जोगाउन सकृय तिवारीको निधनप्रति नेपाली काँग्रेस लमजुङले गहिरो दुःख ब्यक्त गरेको छ ।

काँग्रेसले सकृय युवा नेता गुमाउनुपर्दा पार्टीलार्इ ठूलो क्षति भएको भन्दै दिवंगत नेताप्रति पार्टीे श्रद्धाञ्जली अर्पण गरेको छ ।

दिवंगत नेता तिवारीको आइतबार मस्र्याङ्दी र दोर्र्दी दोभानको त्रिवेणीधाममा अन्त्येष्टी  गरिएको छ । तिवारीका छोरा विदूर र विवेकले दागबत्ती दिएका थिए ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

कांग्रेसको जागरण अभियान जारी

७० जना अग्रज कम्युनिष्ट योद्धा सम्मानित

जागरण अभियान थप्दै नेपाली काँग्रेस कास्की

प्रेस स्वतन्त्रताको लागि कांग्रेस प्रतिबद्ध

प्रमुख समाचार

दुई परिवारका नौ जनाको विभत्स हत्या

थप प्रमुख समाचार

वालिङमा बजार अनुगमन

प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण