लमजुङ, १४ कात्तिक। मस्र्याङ्दी गाउँपालिकाले प्रथम मस्र्याङदी महोत्सव-२०७५ आयोजना गर्ने भएको छ।
विगतमा उद्योग वाणिज्य संघ आयोजक हुने गरेकोमा यसपालिदेखिस्थानीय तह अर्थात मस्र्याङ्दी गाउँपालिकाले पृथकरूपमा चारदिने महोत्सवको तयारी गरेको वुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। गाउँपालिकाको खुदी बजारमा हरिवोधनी एकादशी अर्थात ठूलो एकदशीमा लाग्ने मेलाको अवसरमा मंसिर ३ देखि ६ गतेसम्म महोत्सव गर्न लागेको मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए।
गाउँपालिकाको थप चिनारी तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै धर्म, संस्कृति, परम्परालाई संरक्षण गर्ने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने महोत्सवको उद्देश्य रहेको छ ।
मस्र्याङदी गाउँपालिका-३, खुदीस्थित अमर मावि परिसरमा आयोजना हुने सो महोत्सवमा ३० वटा स्टल रहने र तीमध्ये ४ वटा स्टलमा पूर्ण रूपमा स्थानीय उत्पादनका बिक्री कक्ष हुनेछन् ।
महोत्सव मूल समारोह समिति सचिव तीर्थ बस्नेतका अनुसार विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि टिकटमा ५० प्रतिशत छुट दिने प्रबन्ध गरिएको छ।
महोत्सव मूलसमारोह समिति सहसंयोजक एवं मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होम विकले सो अवसरमा गीत, नृत्य, संगीत तथा खेलकुदमार्फत प्रतिभा प्रस्फुटन गर्दै थप अवसर सिर्जना गर्ने, स्थानीय उत्पादन, ब्यापार ब्यबसाय, उद्योगधन्दाको प्रबर्द्धन गर्दै स्वरोजगार तथा आयआर्जनमा वृद्धि गर्ने, आपसी एकता, जातीय तथा धार्मिक सद्भाव सिर्जना गर्ने महोत्सवको थप उद्देश्य रहेको बताए ।
महोत्सवका आकर्षणमा वडास्तरीय लोकदोहोरी तथा अन्तरमाविस्तरीय नृत्य प्रदर्शनी, मनोरञ्जनात्मक वाल उद्यान, खुला भलिबल तथा परम्परागत छेलो प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको महोत्सव मूल समारोह सचिव तीर्थ बस्नेतले बताए। उनका अनुसार स्त्रीरोगसम्बन्धी निःशुल्क दुर्इदिने स्वास्थ्य शिविर, विभिन्न जातजातिको कला, संस्कृति, झाँकी, प्रदर्शनी, स्थानीय उत्पादन, जडीबुटी, उद्योग व्यवसाय तथा हस्तकलाको प्रदर्शनी तथा बिक्री रहेको छ।
त्यस्तै, महोत्सव अवसरमा होमस्टे गाउँहरुको भ्रमण तथा हनी हण्टिङ, घनपोखराको अवलोकन, प्याकेजमा पावरहाउस, सुरुङमार्ग, झरना, ड्यामसाइट, डा. हर्क गुरुङ समाधिस्थल पार्क लगायत पर्यटकीय स्थल अवलोकन भ्रमण, ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी, मस्र्याङ्दी मिनी म्याराथन प्रतियोगिता गरिने छन् ।
महोत्सव सफल बनाउन गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ संयोजक र उपाध्यक्ष होम विक सहसंयोजक रहेको १ सय २५ सदस्यीय मूलसमारोह समिति र १५ सदस्यीय सचिवालय समिति तथा विभिन्न १० उपसमिति गठन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ सापकोटाले जानकारी दिए।
उक्त महोत्सवका १६ लाख रुपैयाँ खर्च हुने र एक करोडको कारोबार हुने अनुमान गरिएको आर्थिक उपसमितिका संयोजक वीरेन्द्र भण्डारीले बताए।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९