कुमारीका सेवाग्राहीलाई युआरएलमा छुट

आदर्श समाज सम्वाददाता
असाेज २५, २०७५
url kumari_Fotor

पोखरा, २४ असोज । कुमारी बैंक लिमिटेड र पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) बीच सेवामा सहुलियता दिनेसम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी, बैंकका पोखरा शाखा प्रबन्धक सुदर्शनजंग राणा र युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले हस्ताक्षर गरेका छन्।

बैंकका सेवाग्राही, कर्मचारी, सेयरधनी र सञ्चालकले युआरएल हुने सबै प्रकारका रक्त परीक्षणमा २५ प्रतिशत छुट पाउनेछन्। यो सम्झौता २ वर्षसम्म मान्य हुने बताइएको छ।

बैंकका पोखरा शाखा प्रबन्धक राणाले सेवाग्राहीलाई सुविधा दिन यस प्रकारको सम्झौता भएको बताए। देशभर कुमारीका ९० शाखा र करिब ३ लाख सेवाग्राही छन्।

युआरएललका प्रबन्ध निर्देशक पन्तले विभिन्न संघ-संस्थासँगको सहकार्यमा सामाजिक उत्तरदायित्व वहन गर्दै गुणस्तरीय सेवा दिन संस्था प्रतिवद्ध रहेको बताए। युआरएलले यसअघि २२ वटा संघ-संस्थासँग यस्तो सम्झौता गरिसकेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width