पोखरा, १० असोज। नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले राजतन्त्र फालिएकोप्रति सन्तुष्ट नरहेको बताएका छन्।
पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले घुमाउँरो हिसाबले राजतन्त्रको पक्षमा आफ्नो धारणा सार्वजनिक गरे।
‘जब राष्ट्रियताका कुरा आउँथ्यो काँग्रेस राजासँग नजिक हुन्थ्यो, लोकतन्त्रमा समस्या आयो भने कम्युनिष्टलाई साथमा लिन्थ्यो,’ उनले भने, ‘राजतन्त्र सकिएपछि अहिले काँग्रेस र कम्युनिष्टको दुर्इ धार छ। राजतन्त्र फालेकोप्रति मेरो असन्तुष्टि छ।’ उनले नेपाली जनताले निर्णय गरे देशमा राजतन्त्र फर्किन सक्ने संकेत समेत गरे। भण्डारीले संघीयता कार्ययोजनाविहीन हिसाबबाट आएकोले कार्यान्वयनमा चुनौती देखिएको गुनासो गरेका छन्। ‘पार्टीले आधिकारिक निर्णय गरेकोले म संघीयताकै पक्षमा छु। तर नेपाली काँग्रेस वा नेकपा कसैले पनि तयारीले यो संरचना ल्याएका होइनन्,’ उनी भन्छन्, ‘संघीयता कार्यान्वयनको कुनै कार्ययोजना छैन। जबर्जस्ती निर्णय गराइएको हो। त्यसैले समस्या आइरहेको छ।’
उनले पार्टीभत्र काँग्रेसभन्दा नेताका पछि लागेर निर्णय गर्दा काँग्रेसलाई समस्या परिरहेको बताएका छन्। नेता भण्डारीले पार्टीभत्रका युवा नेताहरु योगदानभन्दा बढी लाभमा केन्द्रित भएको आरोप लगाए। ‘कसले कति योगदान दियो, त्यो सबैलाई थाहा छ। पार्टीमा लागेर कति फाइदा लियो भन्ने पनि हिसाबकिताब छ,’ उनले भने, ‘योगदानभन्दा धेरै लाभ लिनेहरु धेरै भए। यसले पार्टीमाई समस्यामा पारेको छ।’
उनले सरकारका गतिविधिबारे पनि कटाक्ष गरेका छन्। ‘सरकार आलोचनाका लागि पनि लायक छैन।जनताबाट पूर्ण अनुमोदित दलबाट बनेको सरकारले किन देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सकेन, शान्तिसुरक्षा खै ?, उनी भन्छन्, ‘जताततै बलात्कार, हत्या हिंसा बढिरहेको छ। यसलाई रोक्ने सरकारको स्पष्ट कार्ययोजना के हो ? निदोर्षलाई पक्राउ गरेर हत्यारा साविक गर्न खोज्दैछ सरकार।’
काँग्रेस केन्द्रीय सदस्य भण्डारीले सिके राउतलाई सरकारले नै प्रश्रय दिइरहेको आरोप लगाए। ‘सिके राउत को हो, कहाँबाट आयो ?, उनले थपे, ‘देश टुक्राउनुपर्छ भन्ने अधिकार कसले दियो र राज्य के हेरेर बसिरहेको छ, कारबाही गर्न किन सकिरहेको छैन ?’
उनले काँग्रेस विधान संशोधनको चरणमा रहेकोले आगामी कार्यदिशासहित सुझाव दिन आग्रह गरेका छन्।
Related News
सम्बन्धित समाचार
एमालेले टुंग्यायो प्रदेशमा भोट हाल्ने प्रतिनिधि, पृथ्वीसुब्बा र खगराजमध्ये कसको प्यानल बलियो ?
कांग्रेसको अन्नपूर्ण गाउँपालिका सम्मेलन
कांग्रेसको अन्नपूर्ण गाउँपालिका सम्मेलन
फेदीखोलामा ‘नवीन राप्रपा’
‘दोष संविधानको हैन, सरकारको’
hero news full width
मुख्य समाचार
प्रधानमन्त्रीको चीन भ्रमण : पोखरामा सोझै उडान, कोरला नाका खोल्ने
सोह्र श्राद्धमा टोल टोलमा गौमुत्र
असाेज १२, २०८०प्रश्नहरुको घेरामा मुख्यमन्त्री, सांसदको चासो ७२ करोडमा
असाेज १२, २०८०गण्डकीमा बिमाको पहुँच निकै कम
असाेज १२, २०८०पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन
असाेज १२, २०८०मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
असाेज ११, २०८०