Worldlink ads

बेगनासतालमा श्रीमद्भागवत् महायज्ञ गरिने

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७५

लेखनाथ, ८ असोज। बेगनासतालमा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले बेगनासतालमा मंसिर २२ देखि २९ गतेसम्म श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ गरिने भएको छ।

स्थानीयवासीको पहलमा राष्ट्रिय परोपकार महासंघ नेपालले आयोजना गर्ने सो महायज्ञबाट विभिन्न समयमा तालमा भएको दुर्घटना परी ज्यान गुमाएका अमरआत्माको चिरशान्तिको कामना र आगामी दिनमा त्यसप्रकारका दुर्घटना नहोस् भन्ने कामना गरिनेछ ।

सोमबार आयोजना गरिएको स्थानीयवासी तथा सरोकारवालाबीचको छलफलमा बोल्दै परोपकार महासंघ नेपालका संस्थापक अध्यक्ष पं.कमलनयन गौतमले हरेक धर्मशास्त्रको सार नै सेवा गर्नु हो भन्दै अध्यात्म मार्फत राम्रो संस्कार विकास गरेमा नै हरेक क्षेत्रको विकास गर्न सजिलो हुने बताए।

उनले बेगनास क्षेत्र पर्यटकीय हिसाबले एक महत्वपूर्ण गन्तव्य भएको हुनाले यहाँ सामाजिक सद्भाव बढाउने कार्यक्रमहरु अति आवश्यक रहेको बताए ।

महायज्ञ संचालनार्थ मूल समारोह समिति र विभिन्न उपसमितिहरु गठन गरिएको थियो। स्थानीयवासीको छलफलबाट पं. गौतमलाई मुख्य संरक्षक राखिएको छ।

संरक्षकहरुमा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी, पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापा, प्रदेश सांसद दीपक कोइराला, मानबहादुर गुरुङ, जिल्ला विकास समिति अध्यक्ष बैनबहादुर क्षेत्री, पोखरा महानगरका उपमेयर मञ्जुदेवी गुरुङ लगायत रहेका छन्।

समाजसेवी डिल्लीरमण तिवारीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएकोमा उपाध्यक्षमा २३ जना रहेका छन्।

महासचिवमा धु्र्रवनाथ अधिकारी, उपमहासचिवमा सोमलाल तिवारी, सचिवमा कृष्णप्रसाद ढुंगाना, कोषाध्यक्षमा गंगाराम सुवेदी र सहकोषाध्यक्षमा मित्रलाल भण्डारी रहेका छन्।

महायज्ञका संचालनका लागि साविक लेखनाथनगरका सरोकारवाला सम्मिलित ४७ वटा उपसमितिसमेत गठन गरिएको बताइएको छ।

Related News

सम्बन्धित समाचार

    • पोखरा बहुमुखीको वार्षिकोत्सव

      आदर्श समाज सम्वाददाता मंसिर १३, २०७८
      पोखरा । पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसले ३५ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेको छ । कार्यक्रम अन्तर्गत आइतबार भएको…
    • माघ १३ देखि लेखनाथ महोत्सव हुने

      आदर्श समाज सम्वाददाता मंसिर १३, २०७८
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा विगत १८ वर्षदेखि कास्कीको लेखनाथमा हुँदै आएको लेखनाथ महोत्सवको १७ औं संस्करण आगामी…
    • जेसिजको प्रशिक्षक प्रशिक्षण सुरु

      आदर्श समाज सम्वाददाता मंसिर १२, २०७८
      लमजुङ । जेसिजको तीनदिने राष्ट्रिय प्रशिक्षक प्रशिक्षण यहाँ सुरु भएको छ । प्रशिक्षणमा मुलुकका विभिन्न जिल्लाबाट ५१ जना सहभागी भएका…
    • गोपाल सेवा केन्द्रको सभा

      आदर्श समाज सम्वाददाता मंसिर १२, २०७८
      पोखरा । गोपाल सेवा केन्द्र जगतगुरु आश्रम पोखरा १८ लक्ष्मीधाराको सातौ वार्षिक साधारण सभा शनिबार भएको छ । सभाको जलस्रोत…
    • गीता शान्तिमार्ग महिला समूहमा शान्ति

      आदर्श समाज सम्वाददाता मंसिर १२, २०७८
      पोखरा । पोखरा १०, रामघाटस्थित गीताशान्ति मार्ग महिला समूहको १० आंै साधारण सभा तथा पाँचौं अधिवेशनबाट शान्ति सुवेदी अध्यक्षमा चयन…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग