Worldlink ads

मुख्यमन्त्रीको विरोधदेखि बलात्कारको कटाक्ष

आदर्श समाज सम्वाददाता
असाेज १, २०७५

पोखरा, ३१ भदौ । गण्डकी प्रदेशको आइतबार बसेको बैठकमा पछिल्ला घटनाक्रमबारे सांसदको गुनासो र प्रश्न छ ।

सांसदहरुले बलात्कारका घटनादेखि मुख्यमन्त्रीको अभिब्यक्तिसम्मको विरोध गर्न भ्याए ।

केही समयअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौनकर्मीलाई परिचयपत्र दिएर कर लिने कुरालाई बहसमा ल्याउनुपर्ने बताएका थिए । अधिकांशले उनको अभिव्यक्तिलाई स्वागत गरे । तर केहीले भने त्यसको विरोध गरेका छन् ।

आइतबारको केन्द्रिय संसद र प्रदेश संसदमा पनि सांसदहरुले उनको अभिब्यक्तिको विरोध गरे ।

संघीय सांसदले मुख्यमन्त्रीको राजीनामा मागिन् भने गण्डकीका सांसद कृष्ण थापाले अभिब्यक्तिप्रति विरोध जनाए । ‘नेपाली समुदायमा अश्लीलता फैलिन सक्छ । यस्तो अभिब्यक्तिप्रति आपत्ति छ, उनले भने ।’

यसैबीच, पाँच महिनाअघि बलात्कारको आरोप लागेका तनहुँका घिरिङ गाउँपालिका वडा ४ का वडाध्यक्षलाई कारबाही नभएको भन्दै गण्डकी प्रदेशसभामा प्रश्न उठेको छ । सांसद सरिता गुरुङले राज्यशक्तिकै आडमा वडाध्यक्षलाई जोगाउने प्रयास गरिएको भन्दै तत्काल पक्राउ गरि कडा कारबाहीको माग गरिन् । ‘घटना भएको यति लामो समय भैसक्यो । पीडकले उजुरी दिँदा पनि आरोपी पक्राउ परेका छैनन्,’ उनले भनिन्, ‘राज्यशक्तिको आडमा अपराध लुकाउने काम भयो । तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याइयोस् ।’ उनले केही समयअघि पनि संसदमा गुनासो राखेकी थिइन् ।

बैठकमा प्रधानमन्त्रीको अभिब्यक्तिदेखि उपभोक्ता अधिकारका विषयसम्म उठाइएको छ । आईतबारको बैठकले सहकारी विधेयक विधायन समितिमा पठाइएको छ भने वर पीपल र चौतारो संरक्षण विधेयक सदनमा पेश भएको छ । मुख्यमन्त्रीको कार्यालयको प्रशासकीय कार्यविधि विधायन समितिले सदनमा फर्काएको छ ।

यस्तै, सांसद मीना गुरुङले मुलुकमा बिचौलिया हाबी भएका कारण उपभोक्ताले चर्को मूल्यमा सामान खदिद गर्नुपरेको बताइन्।

उनले भनिन्,’हरेक क्षेत्रमा बिचौलिया प्रवृत्ति घरजग्गा, तरकारी, फलफूलमात्रै नभएर सरकारी कामकाजमा पनि भित्रिदैगएको छ। सरकारी कार्यालयमा जाँदा नेताको, कर्मचारीको र व्यापारीको मात्रै काम हुन्छ। सर्वसाधारणले काम गर्न धेरै कठिनाइ भोग्नुपरेको छ। सरकारले उपलब्ध गराउने सेवा सरल र सर्वसुलभ हुनु पर्‍यो।’

उनले बिचौलियालाई नियन्त्रण र निरुत्साहित गर्न जोड दिँदै प्रदेश सरकारले सुशासनको अनुभूति गराउन सक्नुपर्ने सदनमा ध्यानकर्षण गराइन् ।

Related News

सम्बन्धित समाचार

    • गुडिरहेको बसमा आगलागी

      रासस कार्तिक ७, २०७८
      धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख…
    • मुख्यमन्त्री पोखरेलले लिए पोखराका मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका…
    • महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

      रासस कार्तिक ६, २०७८
      तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म…
    • किन देखिन्छन् समाजमा यौन विकृति ?

      रामप्रसाद सुवेदी कार्तिक ६, २०७८
      अहिले नेपाली समाजमा घटेका अनेक घटनाले सामाजिक सञ्जाल भरिएको पाइन्छ । त्यसको मात्रा हेर्ने हो भने धेरै यौनजन्य क्रियाकलामा जोडिएका…
    • आत्महत्याविरुद्ध पत्रकारलाई अभिमुखीकरण

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      लमजुङ । लमजुङमा कार्यरत पत्रकारका लागि आत्महत्याविरुद्ध अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा कोशिस नेपालको सहयोगमा आयोजित अभिमुखीकरण…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग