पोखरा, १० भदौ । पोखरामा हुन लागेको तेस्रो मिष्टर बुल्समेन खुल्ला राष्ट्रिय शारिरीक सुगठन प्रतियोगिता तथा प्रथम महिला फिटनेस च्याम्पियनशिप-२०७५ का तयारी अन्तिम चरणमा पुगेको छ ।
पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष नुना गुरुङले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । बुल्समेन क्लबले पोखराको रंगशाला स्थित नवनिर्मित बहुउद्देश्यीय कभर्ड भदौ १५ र १६ गते गर्न प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा करिब २० जिल्लाका १ सय भन्दा बढी पुरुष र महिला तर्फ करिब १५ जना खेलाडीको सहभागिता रहने छ । अध्यक्ष गुरुङले प्रतियोगितामा बिदेश स्थित नेपाली एनआरएन खेलाडीहरुले पनि सहभागिता जनाउने बताएका छन् ।
प्रत्येक दुइ वर्षको अन्तरालमा आयोजना हुने यस प्रतियोगितामा पुरुष तर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी भन्दा माथि तौल समूहमा प्रतिष्पर्धा गराइने छ । महिला फिटनेशतर्फ भने शरिरको उचाई अनुसार खुल्ला प्रतिष्पर्धा गराइने छ । प्रतियोगितामा पुरुष तर्फ प्रत्येक तौल समूहमा प्रथम, द्वितिय र तृतियलाई नगद २०, १५ र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने टाइटल बिजेता मिष्टर बुल्समेनलाई नगद तीन लाख प्रदान गरिनेछ ।
महिलातर्फ भने प्रथम, द्वितिय र तृतियलाई क्रमश नगद ४० हजार १ सय ११, ३० हजार १ सय ११ र २० हजार १ सय ११ का साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न करिव ४० लाख खर्च लाग्ने छ ।
पत्रकार सम्मेलनमा बोल्दै बुल्समेन क्लबका संरक्षक सुनिल गुरुङले बुल्समेनले पोखराको खेलकुद र सामाजिक क्षेत्रमा आफूलाई स्थापित गर्दै युवाहरुलाई रोजगारीमुखी बनाउन समेत प्रेरणा जगाएको बताए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१