राष्ट्रिय फुटबल टिम सहायक प्रशिक्षकमा किरण

आदर्श समाज सम्वाददाता
भाद्र ८, २०७५

पोखरा, ७ भदौ। नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा पोखराका किरण श्रेष्ठ नियुक्त भएका छन्। पोखराबाटै खेल जीवन शुरु गरेका पूर्व राष्ट्रिय खेलाडी कृष्ण थापापछि यस क्षेत्रबाट किरणले नेपाली फुटबलको प्रशिक्षकमा फड्को मारेका हुन्।

आगामी भदौ १९ देखि ३० सम्म बंगलादेशमा हुने साफ फुटबल च्याम्पियनसीपका लागि अखिल नेपाल फूटबल संघ -एन्फा)ले किरणलाई सहायक प्रशिक्षक नियुक्त गरेको हो। यसअघिका सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई राष्ट्रिय टोलीको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिइएपछि उक्त स्थानमा किरणलाई नियुक्त गरिएको एन्फाले जनाएको छ ।

४२ वर्षीय किरण यसअघि सहारा क्लबको स्थापनासँगै फुटबलमा उदाएका थिए। लिग तथा राष्ट्रिय प्रतियोगितामा जावलाखेल युथ क्लबबाट २०५६ देखि २०६१ सम्म खेलेका उनी सो टिमको कप्तानी समेत गरेका थिए।

सहारा क्लब पोखराको टिम प्रशिक्षकमा रहेर लामो समयदेखि कार्यरत किरणले हाल एन्फा कास्कीमा रहेर स्वयंसेवी प्रशिक्षकका रुपमा ग्रासरुट फुटबलमा समेत जिम्मेवारी सम्हालेका छन्। एन्फा कास्कीले सञ्चालन गरेको ग्रासरुटका विभिन्न कार्यक्रममा किरणले प्रशिक्षण दिने गरेका छन्। राष्ट्रिय टिमको प्रशिक्षकका बन्न एसियाली फूटबल परिषद् (एएफसी)बाट ‘ए’ लेभल मान्यताप्राप्त प्रशिक्षक हुनुपर्ने प्रावधान छ । किरणले सो लाइसेन्स प्राप्त गरिसकेका छन् ।

राष्ट्रिय टिम प्रशिक्षक बनिसकेका पोखराका कृष्ण थापा हाल एन्फाको उपाध्यक्ष समेत छन्। यसअघि पोखराका पूर्व राष्ट्रिय खेलाडी डम्बर गुरुङले राष्ट्रिय यु-१६ फुटबल टिमको प्रशिक्षक सम्हालेका थिए।

एन्फाले राष्ट्रिय टोकलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजी नेपाल प्रवेश गर्न नपाउने भएपछि महर्जनलाई बुधबारै कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिइसकेको थियो ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width