Worldlink ads

रत्न मन्दिर सर्वसाधारणका लागि खुल्दै

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७५

पोखरा, ३० साउन । प्रदेश सरकारले रत्न मन्दिर र हिमागृह सर्वसाधारणको लागि खुला गर्ने तयारी गरेको छ ।

नेपाल ट्रष्ट मातहतमा रहेका रत्न मन्दिर र हिमागृहलाई केन्द्रिय सरकारसँग छलफल गरी पर्यटकका लागि खुला गर्ने तयारी भइरहेको उद्योग पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए ।

‘हाम्रो प्रदेशको पर्यटकीय केन्द्र फेवाताल किनारको रत्न मन्दिरलाई संग्रहालयको रुपमा विकास गर्ने हाम्रो योजना छ,’ मन्त्री लम्सालले भने, ‘यहाँ संसारभरका पर्यटकलाई नेपालको शासन सत्ताका बारेमा अध्ययन गर्ने र शासकको निजी जीवन हेर्ने एक संग्रहालय बनाई रत्न मन्दिर खुल्ला गर्ने तयारी छ।’ यसलाई लेक म्यूजियम र जैविक विविधता अध्ययन गर्ने स्थल बनाउँदै अन्य पर्यटकीय गतिविधि बढाउन सकिने उनको भनाइ छ।

नेपाल ट्रष्ट सञ्चालक समिति अध्यक्ष गृहमन्त्री रहने प्रावधान रहेको छ। मन्त्री लम्सालले नेपाल सरकारसँग छलफल गरी रत्न मन्दिर लाई संग्रालयको रुपमा विकास गरी  प्रदेश मातहत ल्याउन पहल गरेको बताए। उनले रत्न मन्दिरलाई व्यवस्थापन गरी केही महिना भित्रमानै खुल्ला गरी पर्यटकको आकर्षण बढाउने उल्लेख गरे ।रत्न मन्दिर खुलाउने विषयमा मन्त्री लम्साल र सामाजिक विकास मन्त्री नरदेवी पुनले यसको अवलोकन गरेका थिए।

पूर्वराज परिवारले विन्टर प्यालेसका रुपमा प्रयोग गर्दै आएको रत्न मन्दिरलाई शाहवंशीय राजतन्त्रको प्रतीकका रुपमा संग्रालय बनाएर सर्वसाधारणका लागि खुला गर्नुपर्ने स्थानीयवासीको माग रहँदैआएको छ।  रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन्। पुरानै अवस्थामा रहेको यसको सरसफाइलगायत रेखदेखमा केही कर्मचारी खटिएका छन्। प्रशासनिक भवन, फेवातालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवन पनि छ। बंगला शैलीको रत्न मन्दिरमा बेतका खाटलगायत घरायसी र सजावटका सामान छन्। राजा महेन्द्रले भारतबाट ल्याएका पलङलगायत बेतबाट बनाइएका फर्निचरहरू अहिले पनि त्यहीँ छन् ।

दरबारले विदेशी पाहुनासमेत यहीँ राख्थ्यो। तालघरमा तत्कालीन राजाहरूले विदेशी पाहुनासँग भेट गर्थे। नेपालका लागि विभिन्न देशका राजदूतहरूले ओहोदाको प्रमाणपत्र चढाउने कार्यक्रम पनि यहीँ हुन्थ्यो। बेलायती महारानी, चीनका राष्ट्रपतिलगायत बसेको रत्न मन्दिरमा बस्ने नेपालका एक मात्र प्रधानमन्त्रीचाहिँ बीपी कोइराला थिए। उनी राजा महेन्द्रको पालामा विशिष्ट पाहुना बनेर यहाँ आएका थिए।

राजा महेन्द्र भ्रमण क्रममा पोखरा आएका बेला ताल किनारमा बसेपछि ठाउँ मन परेर यहाँ रत्न मन्दिर बनाएका थिए। स्थानीयसँग जग्गा किनेर २०१३ मा निर्माण शुरु भएर २०१५ मा रत्न मन्दिरको निर्माण सम्पन भएको हो। १ सय १४ रोपनी क्षेत्रफलमा फैलिएको यहाँ हेलिप्याडसमेत छ। २०५८ मा राजा वीरेन्द्रको वंशनाश भएपछि यो दरबारमा चहलपहल कम हुँदै गयो।

Related News

सम्बन्धित समाचार

    • त्रिशूलीमा कार खस्दा पोखराका ३ जना बेपत्ता

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      पोखरा, ८ असोज । त्रिशूली नदीमा कार खस्दा पोखराका ३ जना बेपत्ता भएका छन् । काठमाडौंबाट पोखरा आउँदै गरेको कार…
    • कांग्रेस जिल्ला उपसभापतिमा ढुंगानाकाे उम्मेदवारी

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      लेखनाथ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कास्की जिल्लाको उपसभापतिमा पोखरा–३१ का कृष्णप्रसाद ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् । वेगनासतालमा…
    • शुभ अवसर ग्रामको तालिम सम्पन्न

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      पोखरा । शुभ अवसर ग्राम नेपालको आयोजनामा उद्यमशीलता विकास तथा व्यवसाय व्यवस्थापन तालिम सम्पन्न भएको छ । ४ दिनसम्म चलेको…
    • उत्तरदायी पत्रकारितामा जोड

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      पोखरा  । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र कास्की शाखाको संयुक्त आयोजनामा उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा…
    • बिरौटा सहकारीको रक्तदान

      आदर्श समाज सम्वाददाता असाेज ७, २०७८
      पोखरा । बिरौटा बचत तथा ऋण सहकारीले १२ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदानमा ३३ युनिट रगत संकलन भएको छ…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads