बीच भलिबल तयारी पूरा

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७५
Beach VolleyBall

पोखरा, ३० साउन । कास्की जिल्ला भलिबल संघले भदौ १ देखि ३ सम्म बाराहीघाटस्थित भलिबल कोर्टमा आयोजना गर्न लागेको अन्तर खुला पुरुष बीच भलिबल तयारी पूरा भएको छ ।

बालुवामा २/२ जनाले खेल्ने बीच भलिबल कोर्टमा बालुवा राख्ने, मैदान सजावट, ब्यानर प्रायोजन, रेफ्री व्यवस्थापनलगायत कार्य पूरा गरिएको प्रतियोगिता संयोजक तारानाथ पहारीले जनाए।

‘विकसित मुलकहरुको प्राय समुन्द्री किनारको बालुवामा खेलिने बीच भलिबललाई हामीले फेवातालको किनारमा आयोजना गरेका छौं,’ संयोजक पहारीले भने ।संघका अध्यक्ष भीम पराजुलीले पोखरालाई खेलकुद शहरको रुपमा विकास गराउन बीच भलिबल प्रतियोगिताले सहयोग पुर्‍याउने औंल्याए । ‘बीच भलिबल खेलमार्फत आन्तरिक तथा बाहृय पर्यटन प्रबर्द्धन हुन्छ,’ उनले भनेे, ‘सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा सफल बनाउन पनि खेलकुदको फरक विधा बीच भलिबलको अवधारणा ल्याएका हौं ।’ उनले प्रतियोगितामार्फत उत्कृष्ट खेलाडी पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी उत्पादन गर्ने बताए । ‘भलिबलको पनि फरक विधा बीच भलिबल नेपालमै सुस्ताएको बेला पोखराबाट बिउँताउने प्रयास गरेका छौं,’ अध्यक्ष पराजुलीले भने, ‘आगामी दिनमा यसलाई अझ व्यवस्थित र निरन्तरता दिनेछौं ।’

संघ सचिव कुमार गुरुङले करिब २२ टिम हुने अनुमान गरिएको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्ने प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । सवोर्त्कृष्ट खेलाडी र अनुशासित टिमका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको लागि नेपाल भलिबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समिति, पश्चिमाञ्चल भलिबल संघ र नेपाल पर्यटन बोर्ड पोखराको सहयोग रहने संघले जनाएको छ। यसअघि, सोही कोर्टमा २ पटक र बाटुलेचौरमा राष्ट्रियस्तरको खुला बीच भलिबल प्रतियोगिता भैसकेको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width