सैनिक र चिल्ड्रेन एकडेमीलाई उपाधि

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७५
sainik champion team

पोखरा, १ साउन। कास्की जिल्ला फुटबल संघ (एन्फा) कास्की द्वारा सञ्चालित एन्फा कप २०७५ छात्र तर्फको उपाधि सैनिक आवासीय महाविद्यालय र छात्रातर्फ चिल्डे्रन एकेडेमीले हासिल गरेका छन्।

छात्रतर्फको फाइनलमा सैनिक र अमरसिंह माविवाई ५-४ गोलले पराजित गर्दै गत वर्षको बदला समेत लिएको छ। दुवै टिमको खेल निर्धारित समयमा गोल हुन नसक्दा टाइब्रेकरमा धकेलिए पनि अन्ततः नतिजा भने सडेन डेथमा पुगेर टुंगिएको थियो।

छात्रतर्फ प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भएका सैनिकका गोलरक्षक चलित श्रेष्ठले पेनाल्टीमा दुर्इ उत्कृष्ट बचाउ गर्दै टिमलाई उपाधि दिलाएका थिए। उपाधिसँगै सैनिकले नगद १५ हजार र उपविजेता अमरसिंहले १० हजार नगद समेत प्राप्त गरे।

छात्रातर्फ फाइनल खेलमा चिल्ड्रेन एकेडेमीले ताराकुञ्जलाई ३-१ गोलअन्तरले हराउँदै उपाधि कब्जा गरेको छ। निर्धारित समयमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो।

उपाधिसँगै चिल्डे्रन एकेडेमीले नगद १० हजार र उपविजेता ताराकुञ्जले ७ हजार नगद प्राप्त गरेका छन्।

छात्रातर्फको प्रतियोगितामा चिल्डे्रनकी अर्पिता गुरुङ उत्कृष्ट खेलाडी घोषित भइन्। छात्रातर्फ सर्वाधिक गोलकर्ता -समान ७ गोल) अमरसिंहकी सन्दिका गुरुङ र छात्रतर्फ टप्सका राज गुरुङ रहे। छात्रतर्फ टप्स र छात्रातर्फ विन्ध्यवासिनी माविले फेयर प्लेको उपाधि पाए ।

विजेतालाई सामाजिक विकास मन्त्रि नरदेवी पुन लगायतले पुरस्कार वितरण गरेको एन्फा जिल्ला अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width