मेसी पेनाल्टीमा चुके

आदर्श समाज सम्वाददाता
असार ३, २०७५
messi-miss-768×461

पोखरा, २ असार । लियोनल मेसीले पेनाल्टीमा गोल गर्न चुकेपछि उपाधि दाबेदार अर्जेन्टिनाले रुसमा जारी २१ औं विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा आइसल्यान्डसँग अंक बाँडेको छ।

समूह ‘डी’ अन्तर्गत शनिबार भएको पहिलो खेलमा अर्जेन्टिना आइसल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिन पुगेको हो । पहिलो हाफ १-१ गोल बराबरीमा सकिएको खेल दोस्रो हाफमा आइसल्याण्डले रक्षात्मक रणनीतिमा खेल्यो । पहिलो पटक विश्वकपमा सहभागिता जनाएको आइसल्यान्डले बलियो अर्जेन्टिनालाई रक्षात्मक खेल खेल्दै बलियो टक्कर दियो।

खेलको १९ औं मिनेटमा सर्जियो एग्युरोले गोल गर्दै अर्जेन्टिनाको उत्साह बढाएका थिए। सर्जियोले डिबस्सभित्र आइसल्यान्डका ५ जना रक्षकलाई छल्दै उत्कृष्ट गोल गरेका थिए। तर, आइसल्यान्डले ३ मिनेटलगत्तै अर्जेन्टिनाको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै बराबरी गोल फर्काएको थियो। आइसल्यान्डका लागि २३ औं मिनेटमा अल्प|mेड फिनबोगासनले गोल गरे।

६४ मिनेटमा अर्जेन्टिनाले पेनाल्टी अवसर पाएकोमा मेसीको फितलो पेनाल्टी सुट विपक्षी गोलरक्षकले सजिलै विफल पारेका हुन् । जसबाट अग्रता लिने अवसर अर्जेन्टिनाले गुमायो ।

ब्राजिलमा भएको गत २० औं विश्वकपमा मेसीले नै अर्जेन्टिनालाई फाइनलसम्म पु‍र्‍याएका थिए। अन्ततः अर्जेन्टिना फाइनलमा जर्मनीसँग १-० गोलले पराजित भई उपाधि विमुख भएको थियो ।

उता, शुक्रबार रातिको स्पेन र पोर्र्चुगलको खेल पनि बराबरीमा टुंगियो । क्रिस्टियानो रोनाल्डो सन् २०१८ को विश्वकप फुटबलमा पहिलो हृयाटि्रक गर्ने खेलाडी बन्दा समूह बीमा पोर्चुगल र स्पेनको खेल बराबरीमा सकिएको हो । दुवै टिमको बराबर ३ गोल भएपछि उनीहरुले अंक बाँडे । चर्चित खेलाडी रोनाल्डोले खेलको ४, ४४ र ८८ मिनेटमा गोल गर्दै हृयाटि्रक पूरा गरेका हुन् ।

यस्तै शनिबार भएको पहिलो खेलमा फ्रान्सले अष्टे्रलियालाई २-१ ले हरायो भने अको खेलमा पेरुलाई १-० ले हराउँदै डेनमार्क विजयी भएको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width