मेलानको वाषिर्कोत्सवमा रक्तदान, अधिक रक्तदाता महिला 

Avatar आदर्श समाज सम्वाददाता
जेठ २७, २०७५

पोखरा, २६ जेठ । मेडिकल ल्यावोरेटरी एशोसिएसन अफ नेपाल (मेलान)को १३ औ स्थापना दिवस अवसरमा पोखरामा शनिवार रक्तदान गरिएको छ ।

मेलान प्रदेश ४ ले महेन्द्रपुलमा आयोजना गरेको कार्यक्रममा ६८ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा रक्तदान गर्नेमा महिलाको संख्यामा अधिक रहेको थियो ।

रक्तदान शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले मेलानले सामाजिक कार्यबाट मानवीय जीवनमा सन्तुष्टि मिल्ने बताइन् ।

उनले आउँदो दशै तिहारसम्ममा प्रदेश ४ लाई फूलमा आत्मनिर्भर बनाउने र  कृषकलाई उत्साहित बनाउने उल्लेख गरिन् । उनले मेलानका समस्या समाधान गर्न सहयोग गर्ने बताइन् ।

कार्यक्रममा मेलानका केन्द्रीय सल्लाहकार राजेन्द्र रानाभाट, केन्द्रीय सदस्य रवीन्द्र बस्ताकोटी, औषधि व्यवसायी संघ गण्डकीका अध्यक्ष रामबहादुर केसी, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा-१२ का सभापति सूर्य आचार्य, मार्गदर्शन एकेडेमीका सञ्चालक पुरन श्रेष्ठ, रिजनल कलेज अफ हेल्थ साइन्स टोक्नोलोजीका निर्देशक चन्द्रकान्त पौडेल, नेपाल स्वास्थ्य प्राविधिक संघ कास्कीका अध्यक्ष वसन्तराज भट्टर्राई र रक्तदाता दीपेन्द्रमान शाक्यले बोलेका थिए । कार्यक्रमलाई मार्गदर्शन एकेडेमीले सहयोग पुर्‍याएको थियो ।

मेलान प्रदेश ४ अध्यक्ष सूर्य पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं कार्यक्रम संयोजक अर्जुन ज्ञवालीले स्वागत र सचिव नारायणबाबु अर्यालले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

Comments on मेलानको वाषिर्कोत्सवमा रक्तदान, अधिक रक्तदाता महिला 

अन्य समाचार

तारकाङ-पोखरा सर्म्पर्क समाज अध्यक्षमा सापकोटा

पोखरा, २६ जेठ । तारकाङ पोखरा सर्म्पर्क समाजको अध्यक्षमा बलराम सापकोटा चयन भएका छन् । समाजको पोखरामा शनिबार सम्पन्न पाँचौ अधिवेशनले सापकोटाको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समिति उपाध्यक्षमा गौरी सापकोटा, सचिवमा नेत्र तिमिल्सिना, सहसचिवमा शरदराज सापकोटा र कोषाध्यक्षमा घननाथ सापकोट चयन भए । सदस्य भीमप्रसाद पौडेल, गजेन्द्र सापकोटा, महदेव सापकोटा, विष्णुहरि पोखरेल, कमलराज सापकोटा र मीना सापकोटा छन् । प्रमुख अतिथि ९२ वर्षीया दुर्गादेवी सापकोटाले कार्यक्रम उद्घाटन गरेकी थिइन् । समाजका अध्यक्ष नारायण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य वृहस्पति सापकोटा, मादी गाउँपालिका वडा ४ अध्यक्ष सत्यराज सापकोटा, संस्थापक अध्यक्ष चन्द्रप्रसाद सापकोटा लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत कोषाध्यक्ष दिलबहादुर…

वडा ८ मा बालमैत्री अभिमुखीकरण

पोखरा, २६ जेठ। पोखरा लेखनाथ महानगरपालिका वडा-८ को बाल मञ्चले शनिबार 'बालमैत्री स्थानीय शासन एवं नेतृत्वसीप’ विषयक अभिमुखीकरण तालिम गरेको छ। वडालाई बालमैत्री वडा निर्माण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको मञ्चकी अध्यक्ष सोनिका बरालले जनाइन्।  उनले वडा ८ भित्र रहेको बालबालिकाहरुलाई लक्षित गरी तालिमको आयोजना गरेको बताइन्। बालअधिकारकर्मी कुञ्जनी प्यासी परियारले 'बालमैत्री स्थानीय शासन’ र पत्रकार सुष्मा पौडेलले 'बाल नेतृत्वसीप’ विषयमा सहजीकरण गरेका थिए। तालिममा करिव ४४ जना बालबालिकाको सहभागिता थियो। प्रमुख अतिथि वडाध्यक्ष रुद्रनाथ बरालले तालिमको उद्घाटन गर्दै महानगरको…