अन्नपूर्ण म्याराथनको उपाधि रिमाललाई

Avatar एजेन्सी
जेठ २१, २०७५

पोखरा, २० जेठ । अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका हरिकुमार रिमालले जितेका छन् । अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म आइतबार भएको सो प्रतियोगितामा निर्धारित ४२.१९५ किलोमिटर दूरी उनले ४ घण्टा १६ मिनेट ४८ सेकेन्डमा पूरा गरे ।

आर्मीकै पूर्ण तामाङले ४ घण्टा १७ मिनेट ४२ सेकेन्डमा दूरी पार गरेर दोस्रो भए । तेस्रो स्थान हासिल गरेका आर्मीकै धावक होमलाल श्रेष्ठले ४ घण्टा २० मिनेट ३८ सेकेन्डमा दुरी पार गरे ।

म्याराथनमा चौंथोदेखि दसौंस्थानसम्म क्रमशः रुपबहादुर बुढा, भूमिराज राई, अनिलकुमार वाइबा, दुर्गाराज बुढामगर, रुपलाल बुढामगर, शेरबहादुर थापा र दामोदर बुढामगर परेका थिए ।

म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख, ७० हजार र ५० हजार रुपैयाँ पाए । अन्यलाई पनि पुरस्कृत गरियो । म्याराथनमा ६१ धावक सहभागी भएको म्याराथन संयोजक किसम गुरुङले जानकारी दिए ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव अन्तर्गत ‘अन्नपूर्ण डे’ का अवसरमा म्याराथन आयोजना गरिएको हो । फ्रान्सेली पर्वतारोही मौरिस हजोर्गले विश्वमै पहिलोपल्ट सन् १९५० जुन ३ मा आठ हजार मिटरमाथिको हिमाल अन्नपूर्ण प्रथम आरोहण गरेको स्मतिमा उक्त दिवस मनाइन्छ ।

अन्नपूर्ण आधार शिविरबाट सुरु भएको म्याराथन माछापुच्छे्र आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइ“ले, टाडापानी, भैंसीखर्क हु“दै घान्द्रुक आइपुगेको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं महोत्सव संयोजक ललित गुरुङले जनाए । नेपाल कम्युनिष्ट पार्टी-नेकपा) अध्यक्ष पुष्पकमल दाहाल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा लगायतले महोत्सव समापन समारोहमा आइतबार धावकलाई पुरस्कार वितरण गरे ।

प्रतिक्रिया

Comments on अन्नपूर्ण म्याराथनको उपाधि रिमाललाई

अन्य समाचार

९ बुँदे पाल्पा घोषणापत्र जारी गर्दै

स्वतन्त्रको सातौँ साधारणसभा सम्पन्न

पाल्पा, १९ जेठ।  स्वतन्त्र पत्रकार संघ नेपालको ७ औँ वाषिर्क साधारण सभा ९ बुँदे पाल्पा घोषणा पत्र जारी गर्दै तानसेन (श्रीनगर)मा सम्पन्न भएको छ। सभाको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार साईले उदघाटन गरेका हुन्। सो अवसरमा साईले संघको वाषिर्क मुखपत्र 'स्वतन्त्र सन्देश’को तेस्रो अंक विमोचन समेत गरे। उद्घाटन मन्तव्यका क्रममा उनले सिंहदरबारको अधिकार शब्दमा मात्र गाउँमा आएको छ तर व्यवहारमा आउन सकको छैन भने। साईले सचिवको कलमले के कसरी स्थानीय तहको अधिकार कटौतिको दुस्साहस गरिरहेका छन्, त्यसतर्फ पत्रकारहरूको दृष्टि पुग्न नसकेको बताए। उनले भने, 'उधारो त राणा र पञ्चहरूले पनि बाँडेकै थिए। आजका दिनमा पनि नगदमा सिंहदरबार गाउँघरमा पुग्न सकेको छैन।…

राष्ट्रिय कराँते टोली सहारा एकेडेमीमा

पोखरा, २० जेठ। एसियाली खेलकुदको प्रशिक्षणका लागि पोखरामा रहेका राष्ट्रिय कराँते टोलीका प्रशिक्षक र खेलाडीले सहारा एकेडेमी भ्रमण गरेका छन्। उनीहरुलाई सहारा क्लब पोखराका अध्यक्ष थापा, एकेडेमी संयोजक विक्रम थकाली र सल्लाकार समिति सभापति वीरभद्र आचार्यले स्वागत गरेका थिए। कराँते प्रशिक्षक दीपक श्रेष्ठले सहाराले खेलकुदका माध्यमबाट अनाथलाई आश्रय दिएर देशमै उदाहरणीय कार्य गरेकोमा प्रशंसा गरे। नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय महासचिव प्रकाश तिमल्सिनाले दुर्इ दशकअघि स्थापना भएको सहारा खेलकुद र सामाजिक कामका लागि उदाहरणीय क्लब भएकाले अन्य क्लबले त्यसबाट प्रेरणा…