महानगरको एक वर्ष कामभन्दा गुनासो धेरै

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७५
mayor man bhadur

पोखरा, ९ जेठ। ‘जति सोच थियो, त्यति गर्न सकिएन। अझै पनि केही अवरोध बाँकी नै छ,’ पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसीले निर्वाचनको एक वर्ष सम्भिmए, ‘धेरै समस्या हल भैसकेको छ। कानून पनि बनिसकेको छ। अब कार्यान्वयनको चरण शुरु भयो।’

बुधबार पत्रकार सम्मेलन गरी मेयर जिसीले आफूले १ वर्षमा गरेको कार्य विवरण सार्वजनिक सार्वजनिक गर्दै सो कुरा बताएका हुन्।

महानगरका ३३ वटै वडामा नासु र कर्मचारी खटाएको, प्राविधिक नियुक्त गरिएको, २८ वटा ऐन, कार्यविधि तयार गरिएको, ज्येष्ठ नागरिक भत्ता १० प्रतिशत बढाएको लगायत काम महानगरको प्रगति छ। यस्तै वडा तहबाटै अनलाई पञ्जीकरण, फिर्के र सेती नहरको रेखांकन, ३३ वडामा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर, पालिखेचोक व्यवस्थापन, फुटपाथ व्यवस्थापन लगायतको प्रगति विवरण जिसीले प्रस्तुत गरे।

पत्रकार भेटघाटका क्रममा पत्रकारले महानगरले लक्ष्य अनुसार काम गर्न नसकेको, दीर्घकालीन योजना तयार गर्न नसकेको, नतिजामुखी काममा नलागेको लगायत गुनासो गरे। यस्तै फेवाताल संरक्षण, खोलानाला व्यवस्थापन, कानूनविपरित चलेका क्रसर उद्योग बन्द गर्न नसकेको लगायत गुनासो पनि पत्रकारको छ।

गुनासो सुनुवाइ गर्दै मेयर जिसीले पत्रकारको सुझाव अनुसार आगामी कार्यक्रम तय गर्ने प्रतिबद्धता जनाए। यस्तै १ वर्षमा महानगरमा खासै देखिने गरी काम नभएको सर्वसाधारणको गुनासो छ।

Related News

सम्बन्धित समाचार

hero news full width