पोखरा, १९ वैशाख। त्रिभुवन विश्वविद्यालयअर्न्तर्गत न्यून वेतनमा कार्यरत आंशिक प्राध्यापकले आन्दोलन जारी राखेका छन् । सो आन्दोलनमा प्राध्यापक सम्बद्ध संघ संगठनले समेत एक्यबद्धता जनाएका छन् ।
आन्दोलनप्रति नेपाल प्रगतिशील प्राध्यापक संगठन, प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल राष्ट्रिय प्राध्यापक संगठन पृथ्वीनारायण क्याम्पसले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन्।
आंशिक शिक्षकलाई करारमा लैजाने निर्णयबाट वर्तमान सरकार पछि हटेको भन्दै प्राध्यापकहरु आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आंशिक शिक्षकलाई करारमा लैजाने निर्णय गरे पनि वर्तमान सरकार कार्यान्वयन गर्नबाट पछि हटेको विरोधमा उनीहरु आन्दोलित भएका हुन्।
प्रगतिशील प्राध्यापक संगठन पीएन क्याम्पस कावा अध्यक्ष विष्णु अधिकारीले त्रिविवि प्रशासनको रवैया र अर्कमण्यताका कारण लामो समयसम्म समस्या समाधान हुन नसकेको अवस्थामा आंशिक प्राध्यापकका जायज माग यथाशीघ्र सम्बोधन गरी करारमा समायोजन गर्न जोडदार माग गरेका छन् ।
प्रजातन्त्रवादी प्राध्यापक संघ, पीएन क्याम्पस इकाइ समिति सचिव बोधराज ढकालले आंशिक प्राध्यापकको यो आन्दोलन रहर नभइ बाध्यता भएको र विगतको करारमा लैजाने निर्णय शीघ्र कार्यान्वयनका लागि माग गरेका छन् ।
संघ इकाइ समिति अध्यक्ष दीपेन्द्र पराजुली र सचिव बोधराज ढकालद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा आंशिक शिक्षकलाई करारमा नलगिए अझ सशक्त ढंगले आन्दोलनमा उत्रिनेे चेतावनी दिइएको छ।
‘आफूलाई जनउत्तरदायी मान्ने वर्तमान सरकार गैरजिम्मेवार बनेर आंशिकलाई करारमा लैजाने निर्णय कार्यान्वयनबाट पछि हट्नु अत्यन्तै दुर्भाग्यपूर्ण, लज्जास्पद र खेदजनक छ,’ विज्ञप्तिमा उल्लेख छ। साथै विज्ञप्तिमा त्रिविवि प्रशासनले सरकारको गैरजिम्मेवारी कार्यलाई टुलुटुलु हेरेर बसेको भन्दै असहमति जनाइएको छ।
नेपाल राष्ट्रिय प्राध्यापक संगठन पीएन क्याम्पस अध्यक्ष यादवराज उपाध्याय र सचिव बाबुराम शर्माले विज्ञप्ति मार्फत् आंशिक प्राध्यापकको माग सम्बोधन गरी आंशिकबाट पूर्णकालीन अर्थात करार सेवामा समायोजन गर्न माग गरिएको छ ।
यसैबीच, त्रिविवि आंशिक प्राध्यापक संघ केन्द्रीय संघर्ष समितिको बुधबार बसेको बैठकले आन्दोलनका थप कार्यक्रम समेत र्सार्वजनिक गरेको छ ।
जसमा वैशाख २० गते सम्पूर्ण क्याम्पस प्रमुख, विभागीय प्रमुख र प्रशासनको कार्य कक्षमा तालाबन्दी गर्ने, सम्पूर्ण क्याम्पसको मूल गेटमा कालो व्यानर राख्ने, वैशाख २२ गते देशभरिका सम्पूर्ण आंशिक प्राध्यापकबाट त्रिवि केन्द्रीय कार्यालय घेराउ र धर्ना कार्यक्रम गर्ने संघका केन्द्रीय अध्यक्ष डा महेशकुमार गजुरेलले बताए ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१