फेवाताल अतिक्रमणबारे सवोर्च्चको आदेश

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७५

काठमाडौँ, १६ वैशाख । सवोर्च्च अदालतले फेवाताल अतिक्रमणबारे अध्ययन गर्न जाँचबुझ समिति गठन गर्न आदेश दिएको छ । सवोर्च्चका न्यायाधीश ओमप्रकाश मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले आइतबार फेवातालमा अतिक्रमण गरिएकाबारे अध्ययन गर्न जाँचबुझ समिति गठन गर्न सरकारका नाममा आदेश दिएको सवोर्च्चका सहप्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए।

उनका अनुसार आदेशमा पार्कभिलेज होटेल बनाएको फेवाताल अतिक्रमण गरेको छ कि छैन र होटलबाट निस्किएका फोहरले फेवाताललाई प्रदूषण गरेको छ कि छैन भनेर अध्ययन गर्न जाँचबुझ समिति गठन गर्न सरकारलाई भनिएको छ ।

जिल्ला मालपोत कार्यालय, जिल्ला नापी कार्यालय र वन तथा वातावरण मन्त्रालयको समिति गठन गर्न आदेशमा भनिएको छ । सोही आदेशमा फेवाताल अतिक्रमण गरिएका संरचनासमेत हटाउन भनिएको छ ।

सहप्रवक्ता कालाखेतीले समितिलाई यथाशीघ्र प्रतिवदेन बुझाउने समेत आग्रह गरिएको छ । विसं २०६८ असार २३ गते अधिवक्ता खगेन्द्र सुवेदीले पार्कभिलेज होटेलले फेवाताल अतिक्रमण गरी भवन बनाएको भन्दै उक्त होटेलको दर्ता खारेजीको माग गर्दै सवोर्च्चमा रिट निवेदन दिएका थिए।

यस्तै, फेवातालसम्बन्धी भगवती पहारीले दायर भएको रिटमा न्यायाधीश मिश्र र मल्लको संयुक्त इजलासले आइतबार सुनुवाइ गर्दै फेवाताल क्षेत्रनजिक केवुलकार सञ्चालन नगर्न आदेश दिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width