Worldlink ads

महायज्ञमा झण्डै २५ लाख संकलन

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७५
mahaya

लेखनाथ ४ वैशाख । नव वर्ष धार्मिक महोत्सव तथा पितृमोक्ष ज्ञान महायज्ञको छैटौं दिन दानवीरको उल्लेख्य सहभागिता हुनुका साथै दान रकममा पनि वृद्धि हुन गएको छ ।

नेपाल रेडक्रस सोसाइटी शिशुवा उपशाखाको आयोजनामा पोखरा लेखनाथ महानगरपालिका वडा ३०, पावरहाउसमा जारी सो महायज्ञमा मंगलबार प्रमुख अतिथिको रुपमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सरिक भए ।

उनले सामाजिक र शैक्षिक उद्देश्य राखेर मूल्य मान्यता संरक्षण एवं राष्ट्रिय पहिचानसँगै सांस्कृतिक जागरणको लागि गरिएको महायज्ञले लिएको उद्देश्य पूरा गराउन आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

भारी वर्षाबीच पनि यज्ञस्थलमा भक्तजनको घुइँचो बढेको भन्दै रेडक्रस सोसाइटी शिशुवा उपशाखाका उपाध्यक्ष विश्वराज लामिछानेले सम्पूर्णमा आभार व्यक्त गरे।

बहुउद्देश्यीय सामाजिक भवन निर्माण सहयोगार्थ भएको महायज्ञमा दानदाताले मन फुकाएर सहयोग गरेका छन् ।

मंगलवारमात्र ६ लाख ७५ हजार रुपैयाँ संकलन भएको छ । हालसम्म महायज्ञमा करिब २४ लाख ७५ हजार रुपैयाँ संकलन भइसकेको प्रचारप्रसार संयोजक दीपकराम ढेवाजुले जानकारी दिए।

मंगलवार महायज्ञमा पोखरा पृथ्वीचोक निवासी समाजसेवी शोभा भुजेल र उनको परिवारबाट १ लाख ११ हजार १ सय १७ रुपैयाँ दान गरिएको छ ।

यस्तै, पोखरा ३०, रामबजारका रामबहादुर थापा र उनकी श्रीमती तारा थापा, छोरी सविना, छोरा सञ्जयसहितको परिवारजनबाट ३५ हजार १ सय ११ रुपैयाँ, सोही स्थानको नारी विकास आमा समूहबाट २८ हजार १ सय ११ रुपैयाँ सहयोग भएको छ ।

पोखरा २९, भण्डारढिक निवासी कृष्णराम भण्डारीले २० हजार १ सय रुपैयाँ सहयोग गरे भने वडा ३०, रामबजारकै विष्णु पौडेल र उनको परिवारजनबाट ५० हजार १ सय ११ रुपैयाँ, सोही ठाउँकै तारा थापाद्वारा ३५ हजार १ सय ११, वडा ३० खुँदीकी प्रेमकुमारी पौडेल र उनको परिवारबाट ३३ हजार १ सय १ रुपैयाँ दान गरिएको छ ।

यस्तै, नेपाली काँग्रेस जिल्ला कार्यसमिति कास्कीबाट २५ हजार ५ सय ५५ रुपैयाँ, गोगन माध्यमिक विद्यालय शिक्षक/कर्मचारीबाट २५ हजार ८ सय रुपैयाँ, वडा २९ मुसेटुडा नयाँवस्ती अमृत टोल विकास संस्थाबाट १० हजार ५५ रुपैयाँ, रुपा बहुउद्देश्यीय सहकारी संस्था गगनगौंडाबाट १० हजार ५५ रुपैयाँ, गगनगौडाकै नवआदर्श आमा समूहबाट १० हजार ५५ रुपैयाँ, वडा ३०, पावरहाउसका टेकबन्धु अर्यालबाट २५ हजार ५ सय ५५ रुपैयाँ लगायत विभिन्न संघसंस्थाबाट महायज्ञमा सानो ठूलो रकम सहयोग भएको महायज्ञ संयोजक विश्वमोहन पौडेलले जानकारी दिए  ।

मंगलबार महायज्ञमा सभा नायकमा नेपाल रेडक्रस सोसाइटी शिशुवा उपशाखा २९ र ३० का एशोसियट सदस्य समाजसेवी मित्रलाल लामिछाने, वडा ३० रामबजार निवासी समाजसेवी तारा थापा रहेका थिए ।

गत चैत २८ देखि शुरु महायज्ञ बुधबार सकिँदैछ । महायज्ञमा भागवत् रसिक युवापण्डित ऋषिराम शास्त्रीले संगीतमय शैलीमा धार्मिक प्रवचन दिँदै आएका छन् ।

महायज्ञको अन्तिम दिन आयोजकले दान रकम संकलनमा उल्लेख्य वृद्धि हुने अपेक्षा समेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

    • गलकोटेलाई पोखराका अस्पतालमा छुट

      रासस कार्तिक ९, २०७८
      बागलुङ । जिल्लाको गलकोट भेगका सर्वसाधारणलाई पोखराका दुई अस्पतालले औषधि र उपचार सेवामा छुटको प्रबन्ध गरेका छन् । फेवासिटी र…
    • प्रतियोगिता पर्खिंदै युकेश

      धनबहादुर गुरुङ कार्तिक ९, २०७८
      पोखरा । पोखराका प्याराग्लाइडिङ पाइलट युकेश गुरुङलाई स्वेदश तथा विदेशको प्रतियोगितामाबाट निम्तो नआएको २ वर्ष बढी भयो । सन् २०१९…
    • त्रिनेत्रेश्वर शिव मन्दिरमा सम्मान

      आदर्श समाज सम्वाददाता कार्तिक ९, २०७८
      लेखनाथ । त्रिनेत्रेश्वर शिव मन्दिर पोखरा ३० शिशुवाले मन्दिरका विभिन्न गतिविधिहरुमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै शिशुवा सत्संग भजन भण्डलीलाई सम्मान…
    • ८० प्रतिशत फूल पोखरा आसपासमा नै उत्पादन

      रासस कार्तिक ८, २०७८
      गण्डकी । अधिकांश उत्पादनमा परनिर्भरता नै मौलिकता जस्तै बन्दै गएको वास्तविकतामा पोखरा फूलमा भने आत्मनिर्भर हुने क्रममा छ । तिहार…
    • पोखरा स्टिल फेब्रिकेटर्समा विश्व

      आदर्श समाज सम्वाददाता कार्तिक ८, २०७८
      पोखरा । पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसन कास्की अध्यक्षमा विश्वप्रसाद कर्माचार्य निर्वाचित भएका छन् । संस्थाको १४ औं अधिवेशन एवं २१…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads