Worldlink ads

मानव सेवाआश्रममा सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७५
manab sewa aasramlae sahayog1

पोखरा, २ वैशाख । युनाइटेड क्लबले छोरेपाटनस्थित मानव सेवाआश्रम पोखरालाई खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गरेको छ।

क्लबले आफ्नो आठौं वाषिर्कोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमअन्तर्गत भर्खरै सञ्चालनमा आएको सो आश्रममा खाद्यान्न तथा जिन्सी सामग्री प्रदान गरेको हो । क्लबले आइतबार मानव सेवा आश्रममा पुगी आश्रमका संयोजक होमनाथ तिमिल्सिनालाई ३० हजार बराबरको खाद्यान्न तथा जिन्सी सामग्री प्रदान गरेको हो । सामग्री हस्तान्तरण गर्दै क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लब सामाजिक कामकै लागि स्थापना भएको बताए ।

मानव सेवा आश्रम पोखराका संयोजक होमनाथ तिमिल्सिनाले सामाजिक क्षेत्रमा क्रियाशील क्लब तथा संघ संस्थाहरुको सहयोगबाट नै मानव सेवा आश्रम सञ्चालन भइरहेको बताए ।क्लब अध्यक्ष सुकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा १५ की सदस्य पार्वती कार्कीले मन्तब्य राखेकी थिइन्। क्लबका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको महासचिव राजु श्रेष्ठले सञ्चालन गरेका थिए।

यस्तै क्लब सदस्य निर्मला लामिछानेले धन्यवाद व्यक्त गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

    • एसियन फोरमको अन्तक्र्रिया

      आदर्श समाज सम्वाददाता मंसिर १७, २०७८
      पोखरा । वैदेशिक रोजगारीका कमीकमजोरी न्युनीकरणका लागि राज्यलाई नीतिगत पैरवी गर्दै आएको गैरसरकारी संस्था एशिया मानव अधिकार तथा सांस्कृतिक विकास…
    • रोस्टर प्रशिक्षक प्रशिक्षण

      आदर्श समाज सम्वाददाता मंसिर १७, २०७८
      पोखरा । शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशले रोस्टर प्रशिक्षकका लागि प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ । तालिम केन्द्र दमौलीको…
    • लागु औषधसहित २ पक्राउ

      आदर्श समाज सम्वाददाता मंसिर १७, २०७८
      पोखरा । लागु औषध कारोबारमा संलग्न रहेको अभियोगमा कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय…
    • लायन्स–१९ र २० को जोन बैठक

      आदर्श समाज सम्वाददाता मंसिर १७, २०७८
      पोखरा । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ बि १ अन्तर्गत जोन–१९ र २० दोस्रो बैठक पोखरामा सम्पन्न भएको छ ।…
    • म्युजियम मार्गको भेला

      आदर्श समाज सम्वाददाता मंसिर १६, २०७८
      पोखरा । गुणस्तरीय विकाससँगै सभ्य समाज निर्माणमा स्थानीय समुदायको महत्वपूर्ण भूमिका हुनेमा बुधबार आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग