राष्ट्रपति ट्वीटरमा

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७४

काठमाडौं, २६ चैत। राष्ट्रपति विद्यादेवी भण्डारी माइक्रो ब्लगिङ साइट ट्वीटरमा जोडिएकी छन्। राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको ट्वीटर हृयान्डिल एट प्रेसिडेन्डटअफएनपी रहेको छ। राष्ट्रपति भण्डारीले पहिलो ट्वीट बालबालिकाशिक्षाको पहुँचमा सरकारले गरेको प्रयासको सह्राहना गरेकी छन् । राष्ट्रपति भण्डारीको पहिलो ट्वीटमा सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउने नेपाल सरकार र सम्बद्ध पक्षको प्रयासको सफलताको शुभकामना भनिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width