Worldlink ads

अन्तर्राष्ट्रिय लायन्सका प्रथम उपाध्यक्षको स्वागत

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७४
lions club newws 6

लेखनाथ, ६ चैत। लायन्स क्लब अन्तर्राष्ट्रियका प्रथम उपाध्यक्ष गुड्डुन विजोड एडभा डोटीरलाई एक कार्यक्रमबीच मंगलबार लेखनाथको सामुदायिक लायन्स अस्पतालमा स्वागत गरिएको छ।

स्थानीयस्तरमा महायज्ञ गरी निर्माण गरिएको अस्पतालमा लायन्स क्लबको तर्फबाट विभिन्न समयमा प्रदान गरिएको सहयोग र उपकरणबारे स्थलगत अवलोकन गर्न आएको टोली अस्पताल परिवार र लायन्स क्लब अफ लेखनाथले स्वागत गरेको हो।

अस्पतालबारे जानकारी लिएकी अन्तर्राष्ट्रिय लायन्स क्लबकी नोमिनी अध्यक्ष डोटीरले सेवाको भावले जनताबाट जनताकै स्वास्थ्य सुविधाका लागि गरिएको काम अन्तर्राष्ट्रियस्तरमा समेत उदाहरणीय काम भएको भन्दै उच्च प्रशंसा गरिन्।

अस्पताल निर्माणमा आफ्नो सबै सम्पत्ति दिएर सेवाभावले अघि बढेका बाबु रेवती रमणरमण पौडेल र आमा शान्ता पौडेलको योगदानको उच्च कदर गर्दै आगामी दिनमा पनि अन्तर्राष्ट्रिय लायन्स क्लबको अझ बढी सहयोग रहने विश्वास दिलाइन् ।

अस्पताल अध्यक्ष मेजर रामप्रसाद तिमिल्सेनाले अस्पताल स्थापनादेखि वर्तमान अवस्थाबारेमा जानकारी गराएका थिए ।

यस्तै, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश भटराईले अस्पतालले प्रदान गरेका सेवासुविधाबारे बोलेका थिए ।

लायन्स क्लब ३२५ वी १ नेपालका गर्भनर धनराज आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन सचिव चण्डी अर्यालले गरेका थिए।

सोही अवसरमा लेखनाथ लायन्स क्लबले निर्माण गरेको सचिवालय सहितको सभाहल उद्घाटन गरियो ।

यस्तै, लायन्स क्लब लेखनाथले सञ्चालन गरेको बाख्रा पौंचो कार्यक्रमबाट प्रदान भएका बाख्रा किसानलाई वितरण गरिएको थियो।

Related News

सम्बन्धित समाचार

    • त्रिशूलीमा कार खस्दा पोखराका ३ जना बेपत्ता

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      पोखरा, ८ असोज । त्रिशूली नदीमा कार खस्दा पोखराका ३ जना बेपत्ता भएका छन् । काठमाडौंबाट पोखरा आउँदै गरेको कार…
    • कांग्रेस जिल्ला उपसभापतिमा ढुंगानाकाे उम्मेदवारी

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      लेखनाथ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कास्की जिल्लाको उपसभापतिमा पोखरा–३१ का कृष्णप्रसाद ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् । वेगनासतालमा…
    • शुभ अवसर ग्रामको तालिम सम्पन्न

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      पोखरा । शुभ अवसर ग्राम नेपालको आयोजनामा उद्यमशीलता विकास तथा व्यवसाय व्यवस्थापन तालिम सम्पन्न भएको छ । ४ दिनसम्म चलेको…
    • उत्तरदायी पत्रकारितामा जोड

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      पोखरा  । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र कास्की शाखाको संयुक्त आयोजनामा उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा…
    • बिरौटा सहकारीको रक्तदान

      आदर्श समाज सम्वाददाता असाेज ७, २०७८
      पोखरा । बिरौटा बचत तथा ऋण सहकारीले १२ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदानमा ३३ युनिट रगत संकलन भएको छ…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads