नेपालबाट हङकङ पराजित

आदर्श समाज सम्वाददाता
फागुन २९, २०७४

काठमाडौँ, २८ फागुन : आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई पाँच विकेटले पराजित गरेको छ ।

जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लब मैदानमा १५४ रनको लक्ष्य पच्छाएको नेपालले ४० दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरयो । यो जितसँगै नेपाललाई एक दिवसीय मान्याता हासिल गर्ने सम्भावना कायमै रहेको छ । दुर्इ अंक जोडेको अफगानिस्तान रन रेटका आधारमा समूह ‘बी’ बाट तेस्रो भएर सुपर सिक्स पुग्न सफल भएको छ भने समान दुर्इ अंक जोडेका नेपाल र हङकङ रनरेटका आधारमा पछाडि परेका हुन । सोही समुहमा रहेका जिम्बावे र स्कटल्याण्ड्स सुपर सिक्समा यसअघि नै पुगिसकेका छन् । नेपाल चौथो तथा हङकङ पाँचौ भएको छ ।

नेपालको जितमा रोहितकुमार पौडेलले सर्वाधिक रनको योगदान दिए भने सोमपाल कामीले ३७, अनिलकुमार शाहले २६, ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीले १२/१२ तथा कप्तान पारस खड्काले ११ रन जोडे ।  बलिङतर्फ हङकङका अइजाज खान र एहसान खानले दुर्इ/दुर्इ विकेट लिए ।

त्सअघि टस जितेर ब्याटिङ गरेको हङकङले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योगफल बनायो ।

हङकङका लागि निजाकत खानले ४७, इशान खानले २५, कप्तान बाबर हयातले २०, इशान नवाजले १३ तथा तनवीर अफजलले १० रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन, करण केसी र वसन्त रेग्मीले दुर्इ/दुर्इ तथा सोमपाल कामी र ललितनारायण राजवंशीले एक-एक विकेट लिए ।

अघिल्ला तीन खेलमा नेपालले पराजय भोगेको थियो । नेपाल पहिलो खेलमा जिम्बावेसँग ११६ रनले, दोस्रो खेलमा स्कटल्याण्डसँग चार विकेटले तथा तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width