Worldlink ads

सहमतिपछि विद्यार्थी आन्दोलित स्थगित

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७४

पोखरा, ९ फागुन। पोखरा चाउथेमा टि्रपर ठक्करबाट ज्यान गुमाएकी २१ वर्षीया वन्दना पौडेलको मृत्युबारे छानबिन माग गर्दै आन्दोलित विद्यार्थीले सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

नारायणी यातायात व्यवसायी संघ र प्रशासनसँग बुधबार साँझ भएको वार्तामा सहमतिपछि आन्दोलनरत नेपाल विद्यार्थी संघ र पीडित परिवारले आन्दोलनका सबै कार्यक्रम गरेको विद्यार्थी नेता भानु ढकालले जानकारी दिए।  उनका अनुसार ठक्कर दिने टि्रपर चालकलाई कडा कारबाही गर्ने, पीडित पक्षलाई उचित राहत उपलब्ध गराउने र आगामी दिनमा घटना दोहोरिन नदिन अभियानमुखी अभिमुखिकरण कार्यक्रम गर्ने सहमति भएको छ।

सहमति जुटेपछि बिहीबार बिहान पौडेलको अन्त्यष्टी गरिने नेवि संघले जनाएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट बिहान १० बजे शवयात्रा गर्ने र रामघाटमा लगेर अन्त्यष्टी गरिने ढकालले जानकारी दिए। उनले सबैलाई शवयात्रामा सहभागी हुन आग्रह समेत गरेका छन्। स्याङ्जा आँधीखोला गाउँपालिका ५ जुग्लेकी पौडेल नेवि संघ जनप्रिय माविकी सदस्य थिइन् । कक्षा १२ मा पढ्ने २१ वर्षीया पौडेल गण्डकी मेडिकल कलेज पोखराकी कर्मचारी समेत थिइन् ।

उनको मृत्युको विरोधमा विद्यार्थीले बुधबार विभिन्न ठाउँमा नाराबाजी सहित प्रदर्शन गरेका थिए।  बिहानैदेखि जनप्रिय स्कुल सिमलचौरमा नाराबाजी सहित प्रदर्शन गरे। उनीहरुले हत्यारालाई फाँसी दे, विद्यार्थी मार्न पाईँदैन, विद्यार्थी एकता जिन्दाबाद जस्ता नारा लगाएका थिए।

सोमबार बेलुका ना६ख ९००६ नम्बरको टि्रपरले पौडेल सवार ग१३प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

दुर्इ सातायता पोखरामा नेवि संघका विद्यार्थीको लगातार दुर्घटनामा ज्यान गएको छ। यसअघि, स्याङ्जा आँधीखोलाकै नेवि संघ स्याङ्जा पृथ्वीनारायण क्याम्पस सर्म्पर्क समितिका सभापति बोधराज ढकालको माघ २२ मा माइक्रोबस ठक्करले मृत्यु भएको थियो ।

Related News

सम्बन्धित समाचार

    • धर्म संघ बुद्ध विहारमा चैत्य पुनर्निर्माण

      आदर्श समाज सम्वाददाता माघ १४, २०७८
      पोखरा । पोखरा–२, विन्दुवासिनीस्थित धर्म संघ बुद्ध विहारको चैत्य पुनर्निर्माण गर्न लागिएको छ । २०१३ सालमा स्थापित सो विहारको चैत्य…
    • मानशा सहकारीको कारोबार सुरु

      आदर्श समाज सम्वाददाता माघ १४, २०७८
      पोखरा । पोखरा १७, हिमाली टोलमा कार्यालय रहने गरी स्थापित मानशा बहुउद्देश्यीय सहकारी संस्थाले विहीबारदेखि कारोबार शुभारम्भ गरेको छ ।…
    • पोखरा महानगरपालिकाको अत्यावश्यक बाहेकका सेवा स्थगित

      रासस माघ १३, २०७८
      पोखरा । भौगोलिक रूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका अत्यावश्यक बाहेकका नियमित सेवाहरू आजदेखि स्थगित गरिएको छ…
    • निर्माणाधीन पुल चर्कियो

      आदर्श समाज सम्वाददाता माघ १३, २०७८
      गगनगौंडा । पोखरा वडा ३२ र ३३ गगनगौंडा र लामगादी जोड्ने सेती नदीमाथि निर्माणाधीन पक्की पुल चर्किएको छ । ६१…
    • टोल विकास संस्थास्तरीय वक्तृत्वकलामा पार्वती प्रथम

      आदर्श समाज सम्वाददाता माघ १३, २०७८
      पोखरा । पोखरा वडा १३ कार्यालयद्वारा आयोजित टोल विकास संस्थास्तरीय वक्तृत्वकला प्रतियोगितामा कुँडहर टोलअन्तर्गत बाल कल्याण आमा समूहकी पार्वती सिग्देल…

    hero news full width