मगर भाषामा कविता प्रतियोगिता

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७४
magar poem

पोखरा, ५ फागुन । अन्तर्राष्ट्रिय मातृभाषा दिवस फेव्रअरी २१ को सर्न्दर्भमा नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत स्याङ्जा हरिनास गाउँपालिकामा मातृभाषामा साहित्यिक प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्रतियोगीले मगर भाषामा आफ्ना रचना प्रस्तुत गरेका थिए ।

कुल १० जना प्रतियोगी सहभागी प्रतियोगितामा अमृता थापामगरले प्रथम स्थान प्राप्त गर्दै १ हजार ५ सय रुपैयाँ पुरस्कार पाइन् ।

प्रतियोगितामा अनुशा थापामगर र सुदर्शन थापामगर क्रमशः द्वितीय र तृतीय भए। उनीहरुले क्रमशः १ हजार र ५ सय रुपैयाँ पुरस्कार पाए ।

कार्यक्रममा हरिनास गाउँपालिका वडा ४ का वडा सदस्य पहलसिंह थापामगर, हरिनास साहित्य मञ्चका सदस्य शिशिर रानामगर, मातृभूमि मावि शिक्षक दुरपति थापामगर लगायतले पुर्खाले जन्माएको मातृभाषालाई जीवित राख्न पछिल्लो पुस्ता अग्रसर हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम संयोजक रिमबाबु रानामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मगर लेखक संघ गण्डकी अञ्चल समितिका सदस्य हुमा थापामगरले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width