पोखरा, ३ फागुन । कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा बतास व्रदर्शद्वारा प्रायोजित टीभीएस आरटीआर दोश्रो राष्ट्रिय भेट्रान बास्केटबल प्रतियोगिता शुरु भएको छ। प्रतियोगिताको उदघाटन खेलमा कास्की जिल्ला बास्केटबल संघ कीर्तिपुर भेट्रानसंग ४३-३२ को स्कोरमा पराजित भएको छ।
यस्तै, बिहिबार नै सम्पन्न अन्य खेलमा पुन समाज कास्कीले एक्स एबीसीलाई ८०-६८ ले पराजित गर्यो। पुन समाजलाई जिताउन पुन समाजका तिलक पुन एक्लैले ५० अंक बटुले। काठमाडौको ठमेल युनाइटेडले पर्वत जिल्ला बास्केटबल संघ ६३-४३ को स्कोरले पराजित भयो। ठमेलका कर्मा गुरुङ एक्लैले टिमलाई जिताउन ३५ अंक बटुलेका थिए। त्यसैगरि, एक्स आर्मीले तनहुँ बास्केटबल संघलाई ७२-२० को स्कोरले पराजित गर्दा ठमेल युनाइटेडले तनहुँलाई ४५-२१ को स्कोरले पाखा लगायो।
यसअघि, प्रतियोगिताको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादर जिसीले पोखरालाई खेलकुदको राजधानीको शहरको रुपमा बिकास गर्न महानगरले छिट्टै योजना बनाउने बताए। उनले पोखराको खेलकुद बिकासमा महानगरले आफ्ना नागरिकको स्वस्थ्यका विषयमा विशेष चासो दिंदै हरेक वार्डमा एक खेलमैदान बनाउने योजना समेत भएको बताए।
कास्की जिल्ला बास्केटबल संघका नेत्रबहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका अध्यक्ष खगराज पौडेलले बास्केटबलकोर्टलाई अत्याधुनिक बनाउन पहल सुरु भएको बताए।
उनले खेलाडीबाट पदकको आशा गर्नु भन्दापनि खेलाडीलाई अत्याधुनिक खेलस्थल उपलव्ध गराइनुपर्ने कुरामा जोड दिए। विभिन्न जिल्ला र अयोजकसहित प्रतियोगितामा आठ टिमको सहभागिता छ। प्रतियोगिता फागुन ५ गते सम्पन्न हुने प्रतियोगितका संयोजक नारायणप्रसाद शर्माले जानकारी दिए। प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित ट्रफी पदक तथा प्रमाणपत्र पाउनेछन्।
Related News
सम्बन्धित समाचार
पोखरामा मिडिया फुटसल प्रतियोगिता हुने
गण्डकीमा खेलाडी छनोट र बन्द प्रशिक्षण कार्यतालिका सार्वजनिक
पोखरामा राष्ट्रिय स्नुकर प्रतियोगिता
क्रिकेटमा सेन्ट्रल क्रिकेट एकेडेमीको जीत
‘स्वस्थ नागरिकका लागि खेलमैदान’
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९