नेपाल विश्वकप छनोटमा

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७४

काठमाडौँ, २ फागुन ।क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ।

नामिबियामा भइरहेको आइसीसी विश्व क्रिकेट लिग डिभिजन टुको अन्तिम लिग खेलमा बुधबार नेपालले क्यानडालाई हराउदै विश्वकप छनोटको खेलमा आफ्नो स्थान पक्का गरेको हो। क्यानडाले नेपाललाई दिएको १९५ रनको चुनौती ९ विकेट खर्चदै अन्तिम बलमा पूरा गरेको थियो। जितसंगै  नेपालले डिभिजन एकमा स्थान पक्का गरेको छ भने वान डे विश्वकप छनोट खेल खेल्न पाउने भएको छ।

नेपालको जितमा करण केसीले उत्कृष्ट प्रदर्शन गरे। १९५ रनको लक्ष पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो। तर, करणले सन्दिप लामिछानेसंग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए। अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए। लगातार चार बलभन्दा उनले रन जोड्न सकेनन्। तर, पाँचौं बल छक्का हान्दै जितको आशा जगाए। अर्को बल वाइड भएसंगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर ड्र भयो। अब अन्तिम बलमा मात्र एक रन चाहियो, जुन करणले सहजै पूरा गरे र नेपाललाई डिभिजन टूको फाइनलसंगै विश्वकप छनोटमा पु‍र्‍याए। ३१ बलको सामना गरेका उनले ३ चौका र चार छक्काको मद्धतमा नटआउट ४२ रन बनाए।

खराव सुरुवातका बाबजुद त्यसबेला नेपालले ३४ ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको थियो। रोहितकुमार पौडेल र आरिफ शेख क्रिजमा जमेका थिए। तर, केहीबेर पानीले खेल रोकियो। पानी रोकिएपछि सुरु भएको खेलमा नेपालले लगातार विकेट गुमायो। नेपालले २९ रन जोड्दा ४ विकेट गुमाएको थियो।

नेपालका लागि दिलिपनाथले ४१ रनको योगदान दिए भने आरके पौडेलले २७,  आरिफ शेखले २६ तथा  दीपेन्द्रसिंह ऐरीले १८ रनको योगदान दिए।  खेलमा कप्तान पारस खड्कासहितको अन्य ब्याट्सम्यान भने चल्न सकेनन् । यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १९४ रनको योगफल बनाएको थियो।

क्यानडाको लागि सुरुवाती व्याट्सम्यान श्रीमन्था विजेयरत्नेले सतकीय प्रहार गरे। १५२ बल प्रहार गरेका उनले ८ चौकाको मद्वतमा अविजित १०३ रन जोडे। यसअघि, नामिबियाविरुद्ध पहिलो खेल खेल्दा विजेयरत्नेले आठ रन मात्र बनाएका थिए। त्यस्तै, क्यानडाको अर्का व्याट्सम्यान हम्जा तारिकले २४ रन तथा सादविन जाफरले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंक जोड्नै सकेनन्।

बलिङतर्फ नेपालका वसन्त रेग्मीले तीन विकेट लिए भने सन्दिप लामिछानेले २ तथा शरद भेषावकरले र करण केसीले समान एक एक विकेट लिए। प्रतियोगिताको पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसंग हार व्यहोरेको थियो। यस्तै,  तेस्रो खेलमा युर्एइलाई हराएको थियो। बुधबार नै भएको अर्को खेलमा यूर्एइले नामिबियामाथि १९ रनको जित निकालेको छ र फाइनलसँगै विश्वकप छनोटमा स्थान बनाएको छ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width