सहारा यूकेलाई खेलकुद पत्रकार र भूपू खेलाडीको स्वागत 

आदर्श समाज सम्वाददाता
माघ १६, २०७४

पोखरा, १५ माघ । सहारा यूके परिवारलाई यहाँका खेलकुद पत्रकार र भूपू खेलाडीले स्वागत गरेका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च, कास्की र भूतपूर्व खेलाडी मञ्च नेपालले सोमबार संयुक्त रुपमा सहारा यूके र हङकङका पदाधिकारी, सल्लाहकार तथा सदस्यलाई स्वागत/सम्मान गरेका हुन्।

सहारा यूकेका अध्यक्ष मीनबहादुर गुरुङ लगायतलाई भूपू खेलाडी मञ्चका अध्यक्ष तेजबहादुर गुरुङ र मञ्चका अध्यक्ष केशव पाठकले खादा लगाई मायाको चिनो प्रदान गरे। कार्यक्रममा प्रमुख सल्लाहकार महेश गुरुङ, सल्लाहकार हरि श्रेष्ठ, रमेश बास्तोला, चन्द्रमान गुरुङ, एनआरएन यूके पूर्व अध्यक्ष समेत रहेका सल्लाहकार मुछेत्र गुरुङ, कोषाध्यक्ष नारायण गुरुङ, सहकोषाध्यक्ष शारदा गुरुङ, मिडिया सेक्रेटरी वचस्पति रेग्मी लगायतलाई स्वागत गरिएको हो।

सम्मान ग्रहणपछि सहारा यूकेका अध्यक्ष मीनबहादुर गुरुङले प्रत्येक वर्ष यसरी मीठो आतिथ्यता प्रदान गरेकोमा आभार व्यक्त गरे। उनले देशको खेलकुद, समग्र क्षेत्रको विकासमा आफूहरुको सदा साथ सहयोग रहने उल्लेख गरे। जहाँ रहे पनि आफ्नो ठाउँको लागि सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो।

नेपाल ओलम्पिक कमिटि सदस्य समेत रहेका नेपा भूपू खेलाडी मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले नेपालको खेलकुदको विकासका लागि योगदान दिनेहरुलाई भुल्न नहुने बताए। उनले मुलुकको नाम उँचो राख्ने खेलकुदलाई हेर्ने नगर अझै सकारात्मक हुन नसकिरहेको उल्लेख गरे। भूतपूर्व खेलाडी मञ्चकै सक्रियतामा पोखरा रंगशालाको संरक्षण सम्भव भएकाले यसलाई अझै व्यवस्थित बनाउन उनको सुझाव थियो। खेलकुद पत्रकार मञ्च कास्कीका संस्थापक अध्यक्ष समेत रहेका पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले देश विदेश जहाँ रहे पनि नेपालको खेलकुद लगायतको क्षेत्रमा नेपाली मन हुनेहरुले प्रदान गर्ने सहयोग अमूल्य रहेको जनाए। उनले सहारा यूके, हङकङ लगायतले यहाँको खेलक्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे।

कार्यक्रमको अध्यक्षता समेत गरेका खेलकुद पत्रकार मञ्च अध्यक्ष केशव पाठकले पोखरा स्पोर्टस् अवार्ड भव्यताका साथ सम्पन्न हुनुको मुख्य श्रेय यूकेस्थित खेलप्रेमी महानुभावलाई जाने बताउँदै सधैँ सँगै अघि बढ्न इच्छुक रहेको जनाए।

मञ्चका सचिव रञ्जन अधिकारीले खेलकुदमा समर्पित संघसंस्थासँग मञ्चको स्थापित सम्बन्धलाई मजबुद पार्दै सहयोग र सद्भावको सधैं’ अपेक्षा रहने बताए। खेलकुद पत्रकार मञ्च कास्कीले अग्रजलाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन स्वरुप आयोजना गर्दै आएको पोखरा स्पोर्टस् अवार्डमा आर्थिक सहयोग प्रदान गर्नेहरुलाई टोकन अफ लभ समेत प्रदान गरेको थियो।सो अवसरमा भूपू खेलाडी मञ्चका सस्थापक अध्यक्ष खड्क रानाभाट, पूर्व अध्यक्ष एवं पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख प्राडा वीरेन्द्रसिंह गुरुङ लगायत उपस्थित थिए।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width