नेपाल संस्कृत युवा समूहको कार्यालय स्थापना

आदर्श समाज सम्वाददाता
माघ ३, २०७४
nepal sankrit yuba

पोखरा, २ पुस। नेपाल संस्कृत युवा समूहले पोखरा वडा ९ मा कार्यालय स्थापना गरेको छ।

समूहका गतिविधि सहज ढंगबाट सञ्चालन गर्न कार्यालय स्थापना गरिएको जनाइएको छ। युवा समाजसेवी समित केसीले मङ्गलबार कार्यालय उद्घाटन गरे।

उनले युवाशक्ति मुलुकको महत्वपूर्ण शक्ति भएको बताउँदै रचनात्मक र सकारात्मक काममा लगाउनुपर्नेमा जोड दिए।

समृद्वि फाउण्डेशन कास्कीका संयोजक ध्रुवप्रसाद सिग्देलले युवाको सहयोग र सक्रियतामा आर्थिक क्रान्ति सफल हुने बताए।

कार्यक्रममा नेपाल ज्योतिष परिषद् कास्कीका अध्यक्ष बासुदेव सुवेदी, राष्ट्रिय धर्म सभा नेपाल कास्कीका अध्यक्ष ठाकुर बराल, समूहका सल्लाहकार गिरिधर आचार्य, शिक्षा तथा अनुगमन उपसमितिका संयोजक आशुतोष आचार्य, समूहका कोषाध्यक्ष विश्वराज सापकोटा र सदस्य विष्णु गौतम लगायतले बोलेका थिए।

नेपाल संस्कृत युवा समूहका अध्यक्ष रामप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरिशरण पौडेलले स्वागत र सचिव रामकृष्ण अर्यालले सञ्चालन गरेका थिए।

कृषि क्रान्ति मार्फत युवालाई स्वरोजगार बनाउने, समाजमा चलिआएको धर्म, संस्कृतिको संरक्षण गर्ने, प्रदेश ४ मा सुविधासम्पन्न धार्मिकसभा स्थापना गर्ने र सन्त सेवा आश्रम स्थापना गर्ने उद्देश्यले नेपाल संस्कृत युवा समूह गठन गरिएको हो। समूहले छिट्टै सहकारी सञ्चालन गर्ने लक्ष्य लिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width