पश्चिमाञ्चल र एपीएफलाई ह्याण्डबल उपाधि

आदर्श समाज सम्वाददाता
पौष २३, २०७४
hanbdball

पोखरा, २२ पुस।  राखेप च्याम्पियनसीपअन्तर्गत पोखरामा भएको नवौं महिला तथा १८ औं पुरुष ह्याण्डबल प्रतियोगितामा पुरुषतर्फ पश्चिमाञ्चल र महिलातर्फ सशस्त्र प्रहरी बल -एपीएफ) ले उपाधि जितेका छन्।

पोखरा रंगशालामा शनिबार पुरुषतर्फ फाइनलमा घरेलु टिम पश्चिमाञ्चलले नेपाल आर्मीलाई २९-२५ गोलअन्तरले पराजित गर्दै उपाधि तिजेको हो। उल्लेख्य दर्शकमाझ घरेलु टिम राष्ट्रिय खेलाडी विशाल बस्नेतको कप्तानिमा कोर्ट उत्रिएको थियो।

पश्चिमाञ्चलका हेमन्त थापा प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भए। एपीएफले मध्यमाञ्चललाई ६३-२९ को फराकिलो गोलअन्तरले पराजित गरी तेश्रो स्थान प्राप्त गर्न सफल भयो। आर्मी अनुशासित टिम र एपिएफका दीपकसिंह बोहराले ४८ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि पाए।

उता, महिलातर्फ फाइनलमा एपिएफले नेपाल आर्मीलाई २४-१५ को गोलअन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो। तेस्रो स्थान पूर्वाञ्चलले हासिल गर्‍यो। उसले पश्चिमाञ्चललाई १८-१४ को अन्तरमा पराजित गरेको हो। खेलमा मध्यपश्चिमाञ्चल अनुशासित टीम घोषित हुँदा उत्कृष्ट खेलाडी एपिएफकी उमा राई र सर्वाधिक गोलकर्ता आर्मीकी शान्तिकला राई बनिन्।

पुरुष र महिलातर्फ विजेता, उपविजेता र तेस्रो टिमलाई क्रमशः ३०, २० र १० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार दिइएको छ। प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारी, नेपाल ह्याण्डबल संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटी सदस्य तेज गुरुङ, संघका वरिष्ठ उपाध्यक्ष रामकृष्ण केसी, संघ कास्कीका अध्यक्ष क्या जगबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरे। प्रतियोगितामा ५ विकास क्षेत्रसहित दुर्इ विभागीय गरी पुरुष र महिलातर्फ ७ टोली सहभागी थिए।

कास्की जिल्ला ह्याण्डबल संघको आयोजना, नेपाल ह्याण्डबल संघको तत्वाधानमा भएको प्रतियोगितामा हङकङ व्युटी इन्स्टिच्युट प्रालिले मुख्य प्रायोजन गरेको थियो।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width