गण्डकीमा एमाले संसदीय दलका नेता अधिकारीको मुख्यमन्त्री दाबी

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०८०
434691168_1464578134494659_1930231388081500178_n

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले० संसदीय दलका नेता खगराज अधिकारीले आइतबार दाबी पेस गरेका छन् ।

प्रदेश प्रमुखले २७ चैत दिउँसो ३ बजेसम्म समयसीमा दिएर नेपालको संविधान धारा १६८(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेकोमा एमालेले आफ्ना २२, माओवादीका (सभामुखसहित ८) र स्वतन्त्र सांसद दीपक मनाङे समेतको समर्थनमा दाबी पेस गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width