पोखरा । अन्नपूर्ण गाउँपालिका–७ को पर्यटकीय गाउँ लान्द्रुकमा यस वर्ष पनि हनी हन्टिङ महोत्सव हुने भएको छ । आगामी ८ देखि १० जेठसम्म लान्द्रुकस्थित कोटेसाङमा महोत्सव गर्न लागिएको मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
अन्नपूर्ण गाउँपालिका प्रवद्र्वक रहेको महोत्सवमा विभिन्न सामाजिक संघसंस्थाको सहयोग रहने महोत्सव मूल आयोजक समिति अध्यक्ष सुरेश गुरुङले बताए ।
महोत्सव अवसरमा हालका भिरौटेहरु साथै दिवंगत भएका भिरौटेलाई मरणोपरान्त सम्मान गरिने कार्यक्रम छ । सम्मानित हुनेमा खड्गबहादुर गुरुङ, आनन्द पौडेल, मनबहादुर पुन, घनश्याम चापागार्इं, नक्कल गुरुङ, मिमबहादुर गुरुङ, अर्जुन गुरुङ, जय पौडेल क्षत्री लगायत छन् । त्यस्तै स्वः जंगावीर क्षत्री, हबल्दार सेते गुरुङ, प्रतापबहादुर गुरुङ, नन्दलाल भण्डारी, देवीलाल भण्डारी, भवरसिं गुरुङ लगायतलाई मरणोपरान्त सम्मान गरिँदैछ ।
भिरमौरीको मह त्यहाँ जेठ र मंसिरमा गरी वर्षमा २ पटक निकालिन्छ । योसँगै हालसम्म तेस्रो पटक महोत्सव नै गरेर भिरका गोलाबाट मह निकाल्न लागिएको हो । आन्तरिक एवं बाह््य पर्यटक आकर्षित गर्न, स्थानीय कला र संस्कृतिलाई संरक्षण र प्रवद्र्वन गर्न, युवालाई स्वाभलम्बी बनाउन, गाउँलाई देश विदेशमा चिनाउन महोत्सव गर्न लागिएको प्रचारप्रसार संयोजक बलबहादुर क्षत्रीले बताए ।
लान्द्रुकवासीका लागि भिरमौरीको मह काढ्ने कार्य सामान्य भए पनि धेरैलाई नौलो विषय हुन सक्छ । पर्यटन पर्वद्वनमा पनि सघाउ पुग्ने सोचेर महोत्सवमा पालिकाले सहयोग गरेको अन्नपूर्ण गाउँपालिका प्रवक्ता एवं वडाध्यक्ष भरतमान् गुरुङले बताए ।
भिरमौरी महको माग उच्च छ । यो मह लिटरको तीन हजार रुपैयाँसम्ममा बिक्री हुने गर्दछ । यसपटक त्यहाँ करिब २ सयदेखि ३ सय लिटरसम्म मह संकलन हुने अनुमान छ । मह बिक्री गर्न समस्या छैन, महोत्सव हुने थाहा पाएपछि पहिला नै मह किन्न मानिसहरु त्यहाँ जाने गर्दछन् । मह शिकार गर्ने परम्परालाई महोत्सवमा रुपान्तरण गर्दा नयाँ पुस्ताले समेत कसरी भिर मौरीको मह काढ्न सकिन्छ भन्ने ज्ञान दिलाउन पनि महोत्सवको आयोजना गरिएको प्रवक्ता गुरुङले बताए ।
Related News
सम्बन्धित समाचार
१०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
माछा मर्नेक्रम नरोकिएपछि आँधीमूलमा क्षमापूजा
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरा १५ मा अपांगता भएका २११ जना
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१