लक्ष्मी आवि विव्यसमा कृष्ण

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०८०
laxmy school

पोखरा । अन्नपूर्ण गाउँपालिका–३, पुरानो मैदानस्थित लक्ष्मी आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कृष्णप्रसाद पौडेल चयन भएका छन् । गाउँपालिका शिक्षा शाखा प्रमुख बलराम भूगाईं तथा अन्नपूर्ण ३ का वडाध्यक्ष फणीन्द्रप्रसाद पौडेलको सहजीकरणमा भएको अभिभावक भेलाले वडा सदस्यसमेत रहेका कृष्णप्रसाद पौडेलको अध्यक्षतामा ९ सदस्यीय व्यवस्थापन समिति गठन गरेको हो ।

समितिका सदस्यहरू स्वरूप चँदारो, अम्बिका पौडेल, सुनीता परियार, सञ्जु पौडेल, बैकुण्ठप्रसाद पौडेल र शर्मिला केसी छन् । त्यस्तै शिक्षक प्रतिनिधिमा तारानाथ पौडेल तथा प्रअ टंकप्रसाद भण्डारीलाई सदस्य सचिवको जिम्मेवारी तोकिएको छ ।

भेलाले लक्ष्मण भुजेलको नेतृत्वमा शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । सदस्यहरू अमृता परियार, लक्ष्मी नेपाली, रञ्जना केसी र बिपसा केसी छनोट भए । त्यस्तै शिक्षक प्रतिनिधिमा प्रमिला बराल तथा सदस्य सचिव प्रअ टंकप्रसाद भण्डारी चयन भए ।

नवगठित विद्यालयका अध्यक्ष पौडेलले विद्यालयलाई आगामी दिनमा फरक ढंगबाट अगाडि बढाई शैक्षिक गुणस्तर कायम गर्न आफू लागिपर्ने प्रतिबद्धता जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै