संसदीय छानबिन समिति बनाएर आफूलाई निर्दोष साबित गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनाैती

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०८०
Bishwa-Prakash-Sharma-1

पोखरा नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण संसदीय छानबिन समिति बनाउनुपर्ने कुरा दोहोर्‍याएका छन् । बुधबार प्रतिनिधिसभाको बैठक सभामुखको ध्यानाकर्षण गराएर समय लिई बोल्दै शर्माले संसदीय छानबिन समितिबाट आफूलाई निर्दोष साबित गर्ने हक गृहमन्त्रीलाई रहेको उनले बताए ।

शर्माले भने– ‘प्रधानमन्त्री र केही सांसदले उहाँ निर्दोष हुनुहुन्छ भन्नुभयो । अकबर र बीरबलको कथामा चोरको दारीमा सिन्को भनिसक्दा हत्त न पत्त दारी छामेजस्तो किन गर्नुभएको हो, प्रधानमन्त्रीदेखि अरूहरूले किन हो मैले बुझ्न सकिन । गृहमन्त्रीजीलाई पनि त्यहाँ रोष्टममा उभिएर ठूलो स्वरमा भन्न मन छ कि म निर्दोष छु । संयोगवश दारी पाल्नुभएको छ, दारी छाम्न हतार नगर्नुस् । को दोषी को निर्दोष भनेर न रोष्टमबाट न फ्लोरबाट यहाँबाट यो छुट्ट्याउने विधि हैन, पद्धतिमा यो कहिँपनि उल्लेख छैन । हामी चाहन्छौँ संसदीय छानबिन समिति बनाएर गृहमन्त्रीलाई निर्दोष हुन पाउने जुन हक छ त्यो उपयोग गर्न उहाँलाई दिऊँ ।’

शर्माले संसदीय समिति किन भन्ने प्रश्न उठेको बताउँदै चोरी, ठगी, जालसाँझी जस्तो लाजमर्दो मुद्दामा संसदीय छानबिन आवश्यक नपर्ने र त्यस्ता मुद्दा गाउँको पुलिसले गोर्खे लौरीले समाधान गर्ने बताए । तर यस्तो मुद्दा संसद्‌मा आएको बताउँदै उनले गृहमन्त्रीसँग स्वार्थ बाझिएको बताए ।

उनले लामिछानेले अहिले तत्काल मन्त्री बन्दिन भन्नुपर्ने बताए । अहिले सहकारीको छानबिनको अनुसन्धान रोकिएको पनि उल्लेख गरे । लामिछानेले कांग्रेसलाई खुला बहस गर्न तयार रहेको भन्दै चुनौतीलाई स्वीकार गर्दै उनले संसदीय छानबिन समितिमा आएर बहस गर्न आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width