लेक लागेर टुकुचेमा भारतीय तीर्थयात्रीको मृत्यु   

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०८०
momentsbeforedeath

म्याग्दी । मुस्ताङमा लेक लागेर एक जना तीर्थयात्रीको मृत्यु भएको छ । मुक्तिनाथ मन्दिर दर्शन गर्न जान हिँडेकी भारत गुजरातकी ६५ वर्षीया जानी तरुना विनको लेक लागेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार सात जनाको टोलीमा मुक्तिनाथ जान हिँडेकी विनलाई थासाङ गाउँपालिका–१ टुकुचे पुग्दा अक्सिजनको कमी भएपछि जोमसोम अस्पताल लगिएको थियो । जोमसोम अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताउनुभयो ।

चालु आर्थिक वर्ष २०८०/८१ मा दुई जना नेपाली र छ विदेशीको मुस्ताङमा लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो तीन वर्षमा लेक लागेर २६ जनाले ज्यान गुमाएका छन् ।  रासस

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts