पोखरा स्पोर्ट्स अवार्डलाई साहसको साथ

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०८०
nsjf

काठमाण्डौं । नेपालमा दुई दशकदेखि खेल पोशाक तथा सामाग्री उत्पादक साहस स्पोर्टस्ले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई साथ दिने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा वैशाख २१ गते पोखरा सभागृह हलमा आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सफल पार्न साहस स्पोर्टस् प्रा.लि. काठमाण्डौंले सहयोग गर्दै साथ दिने भएको मञ्चले जनाएको छ । हालै साहस स्पोर्टस्का प्रबन्ध निर्देशक जनक न्यौपाने र मञ्चका अध्यक्ष दीननाथ बराल बिच सम्झौतापत्रमा हस्ताक्षर भएकोे हो ।

साहसले अवार्ड सफल पार्न करिब ५० हजार बराबरको सहयोग गर्ने भएको मञ्चका अध्यक्ष दीननाथ बरालले बताए ।

काठमाण्डौंको चाइना टाउनमा रहेको साहस स्पोर्टस्ले खेल सम्बन्धी जर्सी, ट्रयाकसुट, टिसर्ट, झोला लगायत १२ प्रकारका सामानहरु उत्पादन गर्दै आइरहेको स्पोर्टस्का प्रवन्ध निर्देशक जनक न्यौपानेले जानकारी दिए ।

मञ्चले हरेक वर्ष गर्दै आएको अवार्डमा यस पटक सहकार्य गर्ने अवसर दिएकोमा साहसका प्रबन्ध निर्देशक न्यौपानेले धन्यवाद दिदै आगामी दिनमा पुनः सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

मञ्चका अध्यक्ष बराल सहित सचिव शशीकुमार पौडेल सहितको टोली उक्त अवार्ड सफल पार्न पूर्व तयारी स्वरुप काठमाण्डौं जाने क्रममा साहससहित हाम्रो हस्तकलाले समेत अवार्डलाई यस वर्ष सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने महासचिव राजाराम पौडेलले जनाए ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिकाले प्रवद्र्धन गर्नेछ । राष्ट्रिय खेलकुद परिषदले समेत अवार्ड कार्यक्रममा सघाउनेछ । अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width