भागवत् भाष्कर पं कमलनयनलाई शिक्षा पुरस्कार

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०८०
kamal nayan

पोखरा । भागवत् भाष्कर पं. कमलनयन गौतमलाई शिक्षा पुरस्कार प्रदान गरिएको छ ।

पोखरा–५, पस्र्याङ बगैँचास्थित हेरम्वप्रसाद पार्वती कोइराला शिक्षा प्रतिष्ठानले बुधबार एक समारोहबीच उनलाई १ लाख १ हजार राशिको उक्त पुरस्कार प्रदान गरेको हो ।

त्यस अवसरमा वाराही मावि, धर्मस्थली आवि तथा पोखरा चिसाखोला विद्धाश्रमका उत्कृष्ट २÷२ जना विद्यार्थीलार्ई जनही ५ हजार दरले छात्रवृत्ति पनि प्रदान गरियो ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले धर्म संस्कृतिको महत्वमाथि प्रकाश पार्दै संस्कृत शिक्षाको महत्व दिनप्रतिदिन बढ्दै गइरहेको औंल्याए ।

पुरस्कार प्राप्त प.गौतमले पुरस्कारसँगै आफूलाई थप कार्य गर्न हैसला प्राप्त भएको उल्लेख गर्दै मानिसले आफ्नो व्यवहार र आचारण सुधार ल्याउनुपर्ने औंल्याए । त्यस अवसरमा प्रतिष्ठान अध्यक्ष रमेशप्रसाद कोइराला, उपाध्यक्ष डा.भोजराज न्यौपाने, समाजसेवी कमल कोइराला, मूल्यांकन समिति संयोजक रवीन्द्र माकाजु, वाराही माविका प्रअ शिवप्रसाद भण्डारी लगायतले बोलेका थिए ।

उनीहरुले शिक्षा तथा संस्कृतिको क्षेत्रमा हेरम्वप्रसादको भूमिका अनुकरणीय रहेको बताए ।

Related News

सम्बन्धित समाचार

  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…

hero news full width