पृनामा ‘अनुसन्धान दर्शन’ विषयक गोष्ठी

आदर्श समाज सम्वाददाता
फागुन २९, २०८०
pn campus progrem photo
पोखरा । ।वरिष्ठ समालोचक तथा अनुसन्धान विशेषज्ञ प्रा.डा.दयाराम श्रेष्ठले समाज परिवर्तनसँगै नयाँ नयाँ ज्ञानको खोजी गर्न आवश्यक रहेको बताए ।
नेपाली विभाग पृथ्वीनारायण क्याम्पसद्वारा आयोजित ‘अनुसन्धान दर्शन’ विषयक गोष्ठीमा श्रेष्ठले अनुसन्धानलाई समय सापेक्ष रुपमा हेरिनुपर्ने दृष्टिकोण राखे । उनले अनुसन्धानका आवश्यक पक्ष तत्त्वमीमांसा, ज्ञानमीमांसा र मूल्यमीमांसाको सन्दर्भ र उपयोगका बारेमा पनि स्पष्ट पारे।
सहायक क्याम्पस प्रमुखद्वय शंकरनाथ पौडेल तथा गजेन्द्रप्रसाद च्वाईँले पृथ्वीनारायण क्याम्पसले अध्ययन, अनुसन्धानलाई प्राथमिकता दिदै आएकोमा यस प्रकारका कार्यक्रमको आयोजना हुनु गौरवको विषय भएको धारणा राखे ।
प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सहप्राडा.लक्ष्मीशरण अधिकारीले अध्ययन, अनुसन्धान र प्राध्यापन कार्य एक आपसमा सम्बन्धित रहेको बताए ।प्रा.डा.विष्णुप्रसाद पौडेलले अनुसन्धानको अन्तरबाह्य सौन्दर्यका विषयमा प्रकाश पारे।
त्यस अवसरमा नेपाली शिक्षा, अर्थशास्त्र शिक्षा, भूगोल, गणित, व्यवस्थापन, कानुन लगायत विभागका सदस्यहरुको सहभागिता रहयो् ।उक्त कार्यक्रममा डा.भूमिराज
बस्ताकोटी, सहप्रा.कमल ढकाल, उपप्राद्वय विष्णुप्रसाद शर्मा र सुरज पौडेलले अनुसन्धानका विभिन्न आयामका विषयमा जिज्ञासा राखे।
नेपाली विभाग प्रमुख सहप्राडा. यमनाथ तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण विभागका सदस्य सहप्राडा. पुण्यप्रसाद शर्माले गरे।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै