पोखरा । मदरल्याण्ड मावि र विन्ध्यवासिनी माविलाई उत्कृष्ट विद्यालयरुपमा सम्मान गरिएको छ । पोखरा महानगरपालिकाले महानगरको सातौं स्थापना दिवस अवसरमा शनिबार निजीतर्फ मासबारस्थित मदरल्याण्ड र सामुदायितर्फ बाटुलेचौरस्थित विन्ध्यवासिनीलाई सम्मान गरेको हो । सोही अवसरमा जिल्ला विकास तथा समन्वय इकाइ कास्कीले नगदसहित छुट्टै सम्मान ग¥यो ।
गत वर्षको एसइईमा ५० भन्दा बढी परीक्षार्थी सम्मिलित गराई औषत जिपिए सबैभन्दा बढी ल्याएकोमा सम्मान गरिएको पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्री सुवेदीले जानकारी दिए । गत वर्ष मदरल्याण्डले १ सय ५१ र विन्ध्यवासिनीले ७९ विद्यार्थी सम्मिलित गराएका थिए । नतिजामा मदरल्याण्डको औषत ३ दशमलब ४८ र विन्ध्यवासिनीले ३ दशमलब १८ जिपिए छ ।
शैक्षिक गुणस्तर मापन केन्द्र भक्तपुरको विभिन्न सूचक आधार सर्वेक्षणमा विन्ध्यवासिनी गत वर्ष देशमै सर्वोत्कृष्ट विद्यालय हो । शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले यसपालि असारमा देशका उत्कृष्ट २१ विद्यालयबीच सर्वेक्षणमा भने विद्यालय दोस्रो भएको प्रध्यानाध्यापक कृष्णप्रसाद आचार्यले बताए ।
सर्वोत्कृष्ट भएकोमा मदरल्याण्डमा कक्षा १० पढाउने २१ र विन्ध्यवासिनीका १३ जना शिक्षकहरु सम्मानित भए ।
समारोहमा शैक्षिक गुणस्तर केन्द्रको मापनमा उत्कृष्ट ठहरिएका सामुदायिकतर्फ विन्ध्यवासिनीसहित इन्द्रराज्यलक्ष्मी, शीतला र महेन्द्र मावि, भलामलाई पनि सम्मान गरिएको थियो ।
समारोहमा सामुदायिकतर्फ १ सय ५० जना शिक्षक तथा संस्थागततर्फ ४१ जना शिक्षकलाई दीर्घसेवा पदक प्रदान गरियो । जसमा मदरल्याण्डका ८ र विन्ध्यवासिनीका ३ जना छन् ।
यस्तै, कक्षा ८ को जिल्लास्तरीय परीक्षामा सर्वाधिक ४ जिपिए ल्याउने ५८ जना (संस्थागततर्फ) र ५१ (सामुदायितर्फ) जना विद्यार्थी पनि सम्मानित भए ।
गत वर्ष कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट अंक ल्याई नेपालै प्रथम हुन सफल मदरल्याण्डका ३ जना विद्यार्थी राजेश पौडेल (व्यवस्थापन संकायतर्फ) तथा कृतिका थापा र जीवन अधिकारी (विज्ञान संकायतर्फ) लाई सम्मान गरियो । उनीहरु सबैले बोर्ड परीक्षामा ३ दशमलब ९६ जिपिए ल्याएका हुन् ।
एसइई २०७९ मा कास्की जिल्ला प्रथम हुने ३ विद्यार्थी सम्मानित भए । ४ जिपिए ल्याएका उनीहरुमा मदरल्याण्डका जोन राना र सुदेश आचार्य तथा फिस्टेलकी प्रनिशा तुलाचन हुन् ।
महानगर प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा भएको समारोहमा प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा लगायतले पुरस्कृत गरे । शिक्षा दिवसको दिन हुने सो कार्यक्रम शिक्षक आन्दोलनका स्थगित थियो ।
पोखरा सभागृहमा भएको सम्मान समारोहमा मदरल्याण्ड हावी थियो । एकपछि अर्को सम्मानमा मदरल्याण्डकै प्रतिनिधि स्टेज चढेको देखिन्थ्यो । विभिन्न विधामा सम्मानित भएकोमा खुसी लागेको सम्मानपछि विद्यालय प्राचार्य नारायण बरालले बताए । २०५१ सालमा खुलेको मदरल्याण्डमा नर्सरीदेखि १२ सम्म हाल २६ सय विद्यार्थी पढिरहेको प्लस टु इन्चार्ज नारायणप्रसाद आचार्यले बताए ।
पोखरामा सामुदायिक २ सय ३ र निजी २ सय ४७ विद्यालय छन् । दुवैतर्फ गरी करिब १ लाख ३५ हजार विद्यार्थी पढ्छन् ।
Related News
सम्बन्धित समाचार
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना
रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन
माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१